लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा भू-उपयोग परिषद्को बैठक सम्पन्न,कित्ताकाट सम्बन्धि निर्णय पारित

IMG

कुञ्जलापुर। नगरपालिकाको सभाहलमा भू उपयोग परिषद्को बैठक सम्पन्न भई कित्ताकाट सम्बन्धि निर्णय भएको छ।तिलोत्तमा नगरपालिकाको हलमा संचालित कार्यपालिका स्तरिय बैठकले सो निर्णय पारित गरेको हो ।


कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले अब नगरबासीहरुले खेतीयोग्य र आवासीय जग्गा छुट्ट्याए अनुसार कित्ताकाट खुल्ने जानकारी दिएका छन्। सो अवसरमा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले कित्ता काट भएपछी नगराबासिमा थप सहजता हुने र बाधाहरु फुक्ने समेत बताईन।


सो अवसरमा आफ्नो कुरा राख्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले समस्याको रुपमा रहेको कित्ताकाट प्रक्रियालाई स्थानिय तहबाट फ़ुकाउदै प्रदेश र संघमार्फत सहज बनाउन यो निर्णयले महत्वपुर्ण भूमिका खेल्ने बताए। सो बैठकमा नगरपालिकाका कार्यपालिका सदस्य वडा अध्यक्ष लगायत कर्मचारीहरुको जिज्ञासा भू-उपयोग जियो मेटिक्स इन्जिनियर भरत खड्काले कित्ता काट र सो निर्णयका बारेमा छलफल गरि समाधान गर्नुभएको थियो। 

कमेन्ट गर्नुहोस्