लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संजीवनी रातो ० मा चित्त बुझाउदै, अमुवा आठौं सञ्जिवनी कपको क्वाटरफाइनलमा

IMG

बागधुरा । अमुवा युवा क्लब, अमुवा, रुपन्देहीमा जारी स्व. बोध प्रसाद पराजुली स्मृति आठौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ अमुवाले आयोजक संजीवनी युवा क्लब क्लब (रातो), देवीनगरलाई ६–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । खेलमा अमुवाका बलराम न्यौपाने  म्यान अफ दि म्याच चुनिए ।


प्रतियोगिता अन्तर्गत माघ १९ गते सोमबारको खेल न्यु सृजना युवा कलब भर्सेस नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल बीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।

कमेन्ट गर्नुहोस्