
तिलोत्तमा नगरपालिका वडा नम्बर १५ को आयोजनामा किशोर–किशोरी लक्षित लागू पदार्थ दुर्वेसनी विरुद्ध सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष खेमराज गुरुङले गर्नुभएको थियो। कार्यक्रममा अतिथिका रूपमा वडा सदस्य तथा बालमैत्री सम्पर्क व्यक्ति तथा वडा सदस्य क्षितिजा पौडेल क्षेत्री, कल्पना भण्डारी पासी र घनश्याम थापाको गरिमामय उपस्थिति रहेको थियो।यसैगरी विद्यालयका प्राचार्य खिनु गुरुङ, विद्यालयका बालमैत्री शिक्षक सुन्दर गुरुङ, विद्यालय बाल समूहकी अध्यक्ष ज्यास्मिन गुरुङ, बाल सञ्जालकी सहसचिव युनिसा गिरी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नगर प्रहरी इन्चार्ज नर प्रसाद श्रेष्ठले प्रशिक्षकको रूपमा सहभागी भई लागू पदार्थ दुर्व्यसनीका असर, त्यसबाट बच्ने उपाय र जीवनमा सकारात्मक सोचको महत्वबारे महत्वपूर्ण जानकारी प्रदान गर्नुभयो।कार्यक्रममा जम्मा १ सय २५ जना बालबालिकाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन बेगमबेली बाल सञ्जालकी सचिव प्रक्रिया गुरुङले गर्नुभएको थियो।यस प्रकारका सचेतनामूलक कार्यक्रमहरूले किशोर–किशोरीलाई सुरक्षित, स्वस्थ र जिम्मेवार भविष्यतर्फ अग्रसर गराउने विश्वास लिइएको वडा अध्यक्ष खेमराज गुरुङले बताउनुभयो।
कमेन्ट गर्नुहोस्