लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धार्थ क्लब आठौं सञ्जिवनी कपको क्वाटरफाइनलमा प्रवेश

IMG

बागधुरा । तिलोत्तमाको वडा नम्बर-१४ देवीनगर, रुपन्देहीमा जारी स्व. बोध प्रसाद पराजुली स्मृति आठौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा सिद्धार्थ क्लब चपरहट्टि प्रवेश गरेको छ ।


शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ सिद्धार्थले जनज्योति क्लब, डिंगरनगरलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । खेलमा सिद्धार्थका अशोक सुनार म्यान अफ दि म्याच चुनिए ।प्रतियोगिता अन्तर्गत माघ १८ गते आइतबारको खेल आयोजक सञ्जिवनी युवा क्लब, बागधुरा र अमुवा युवा क्लब, अमुवा बीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।


सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।

कमेन्ट गर्नुहोस्