लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निर्वाचन प्रचारप्रसारमा कति वटा राष्ट्रिय झण्डा प्रयोग गर्न मिल्छ ?

IMG

भैरहवा। प्रतिनिधिसभा निर्वाचन आउन अब ३८ दिन बाँकी छ। आगामी फागुन २१ मा निर्वाचन हुँदैछ। उक्त निर्वाचनको लागि उम्मेदवार/दलहरुले अहिले चुनावीप्रचारप्रसारलाई तीब्र बनाएका छन्।निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डा प्रयोग हुने गरेको छ। कतिपयलाई निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डा प्रयोग गर्न पाइन्छ कि पाइँदैन,पाइएमा कतिवटासम्म प्रयोग गर्न पाइन्छ भन्ने जिज्ञासा छ।


सरकारले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ अनुसार आमसभा, कोणसभा, घरदैलो गर्दा बढीमा १० वटा मात्रै राष्ट्रिय झण्डा प्रयोग गर्न पाइन्छ।दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको ऱ्याली गर्दा बढीमा दश वटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने आचारसंहितामा उल्लेख छ।उक्त आचारसंहिता विपरीत झण्डा प्रयोग गरेको पाइए कानुनअनुसार कारबाही हुने निर्वाचन आयोगले जनाएको छ।

कमेन्ट गर्नुहोस्