
गंगोलिया। रुपन्देहीको तिलोत्तमामा टी–२० क्रिकेट प्रतियोगिताको उपाधि तिलोत्तमा १३ले जितेको छ। उपाधि सगै तिलोत्तमा १३ ले नगद ७० हजार सिल्ड र प्रमाण पत्र जितेको छ । त्यसैगरि प्रतियोगीतामा उप बिजेता हुदै तिलोत्तमा ६ ले नगद रु ४० हजार सिल्ड र प्रमाणपत्र हात पारेको छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदान तिलोत्तमा-१७ मा आयोजना भएको तिलोत्तमा वडा स्तरिय क्रिकेट प्रतियोगितामा आज भएको फ़ाइनल खेलमा निर्धारित २० ओभरमा वार्डनम्बर ६ ले दिएको १ सय ७ रनको टार्गेट १९ ओभर ४ बलमै पुरा गर्दै वडा अम्बर १३ ले ६ विकेटले खेल जितेको हो । खेलमा म्यान अफ द म्याच वडा नम्बर १३ का खेलाडी श्याम ढकाल भएका थिए।
तिलोत्तमा नगर खेलकुद समितिका अध्यक्ष लोक पुनको अध्यक्षता तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यता तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जगेश्वर देवि चौधरि , प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य, वडा अध्यक्षहरु गणेश पाठक, दान बहादुर चौधरी,कार्यपालिका सदस्य नर बहादुर छन्तेल, नारायण ढकाल, वडा सदस्य केशवराज भण्डारी, स्वास्थ्य शाखा इन्चार्ज, ससस्त्र प्रहरी बल गंगोलियाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, खेलकुद बिकास समितिका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।प्रतियोगितामा बिजेता उपविजेता तथा विधागत उत्कृस्ट खेलाडीहरुलाई शिल्ड नगद तथा प्रमाणपत्र र मेडल प्रमुख अतिथि , बिशिष्ठ अतिथि, अतिथिहरुले प्रदान गरेका थिए।
कमेन्ट गर्नुहोस्