लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीका चारैतिरका युवाहरुले दिए तिलोत्तमा गाइजमा चासो

IMG

तिलोत्तमा। फागुन २१ गतेको निर्वाचन नजिकिदै गर्दा तिलोत्तमा गाइजले सफल नेतृत्त्वका लागि युवा भेला आयोजना गरेपछि रुपन्देहीका अन्य ठाउँका युवाहरुले चासो लिएका छन्।प्रदर्शनी मण्डप मणिग्राममा गत शनिबार भएको भेलामा करिव २ सय जनाको उपस्थितिलाई सम्बोधन गर्दै संयोजक पुजन केसीले अबको सफल नेतृत्वका लागि युवाहरु एकजुट भएर लाग्नु पर्न्ने बताएका थिए। 


सधै राजनीतिको नाममा देश डुबाउने युवाहरुलाई प्रयोग गर्न तर युवाको बिकासमा खासै चासो नदिने प्रबृत्तिले देश संकटमा परेको उनको भनाई छ।यहि युवाको भेलालाई हेर्दै रुपन्देहीको देवदह, भैरहवा, सैनामैना, लुम्बीनीमा समेत् युवाहरु भेला भई सो अभियानमा जोडिन चासो दिएको संयोजक पुजन केसीले बताए। दैनिक त्यस्ता राजनीतिमा नलागेका तर समाजको बिकासका अनिम्ती काम गर्ने युवाहरुको फोन सम्बाद भैरहेकोले छिट्टै समग्र रुपन्देहीको युवाहरुको बिस्तारित भेला आयोजना गरिने उनको भनाई छ। 


आजको युग तीव्र गतिमा परिवर्तन भइरहेको छ । विज्ञान, प्रविधि, सूचना र सञ्चारको तीव्र विकासले मानव जीवनलाई सहज र गतिशील बनाएको छ । तर, यही परिवर्तनको आँधीभित्र युवा पुस्ता दिशाहीन, दिग्भ्रमित र चिन्तित भइरहेका छन् ।उनीहरूलाई आत्मविश्वासभन्दा बढी डर छ, आशाभन्दा बढी शङ्का छ, उद्देश्यभन्दा बढी अन्योल छ । यस्तो अवस्थामा सकारात्मक सोच नै उनीहरूको जीवनलाई नयाँ दिशा दिनसक्ने एउटै शक्तिशाली उपाय हो ।


त्यसैले, युवालाई सकारात्मक सोचमा प्रशिक्षित गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता बनेको छ ।आजको प्रतिस्पर्धात्मक युगमा युवा भविष्यप्रति अन्योल, मानसिक तनाव, र असन्तुष्टिको दबाबमा छन् । सामाजिक सञ्जाल, बेरोजगारी, पारिवारिक अपेक्षा, र असफलताले उनीहरूमा नकारात्मक सोच विकास गर्न सक्ने सम्भावना बढेको छ । यस्तो अवस्थामा युवामा सकारात्मक सोचको खाँचो गम्भीर र आवश्यक विषय हो ।

कमेन्ट गर्नुहोस्