लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा वडा स्तरिय क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा वडानम्बर १३ बिजयी

IMG

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सोमबारदेखि वडास्तरीय T -20 क्रिकेट प्रतियोगिता शुरु भएको छ । नगरभित्र छरिएर रहेका युवा खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्य सहित तिलोत्तमा नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समितिको संयोजनमा क्रिकेट प्रतियोगिता शुरु भएको हो ।


प्रतियोगिता अन्तर्गत सोमबार भएको उद्घाटन खेलमा वडा नम्बर १३ विजयी हुदै तिलोत्तमा वडा नम्बर १ पराजित भएको हो। १ सय ६ रन ल्याएको वडा नम्बर १३ ले वडा नम्बर १ लाइ १ सय ४ रनमै सिमित पार्यो। अन्तिम ओभरमा ४ विकेट लिदै सदिप यादबले वडा नम्बर १३ लाई बिजयी बनाउन राम्रो खेल प्रदर्शन गरे। खेलमा राम्रो बलिङ्ग प्रदर्शन गरेका विजेता टोली वडा न १३ का खेलाडी सन्दिप यादव म्यान अफ दी म्याच घोषित भए । उनले रेडियन्ट कलेजले प्रायोजन गरेको नगद रु १ हजार पुरस्कार पाए ।


प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले पछिल्लो समय क्रिकेटप्रति बढिरहेको मोहमा नगरपालिका पनि सामेल भएको प्रष्ट पारे । खेलाडीले नाम दाम र इज्जत प्रतिष्ठा खेलको माध्यम बाट कमाउने हुँदा एक्स्ट्राटेक ओभल खेल मैदानलाई सुविधा सम्पन्न बनाउन नगरपालिकाले इरांतर सहयोग गरेको र आगामी दिनमा समेत ब्यबस्थापनमा सहयोग गर्ने बताए । उद्धघाटन सत्रमा बोल्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीले स्थाइय स्तरबाट साई उमेरबाट खेलाडी चयन गर्दै वडा देखि नगर हुँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा तिलोत्तमाको नाम उच्च राखेन खेलाडीलाई नगरपालिकाले सम्मान गर्दै आएको बताईन। उनले खेलाडी, खेलमैदानलाई थप ससक्त बनाउन नगरपालिकाले खेलकुद जगतमा ठुलो भूमिका खेलेको समेत बताईन। सो अवसरमा बोल्दै नगर खेलकुद बिकास समितिका अध्यक्ष लोक पुनले क्रिकेटलाई विशिष्टिकृत बनाउने गरि यो बर्षबाट टेनिस बलको साटो प्रतियोगितामा ड्युज बल प्रयोग गरि अन्तराष्ट्रिय मान्यताप्राप्त खेलमैदानमा खेलाइएको जानकारी दिए ।


कार्यक्रममा वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु, वडा सदस्य तथा नगर खेलकुद बिकास समितिका पदाधिकारी एबम सदस्यहरुको साथमा स्थानिय खेलप्रेमी खेलाडी तथा दर्शकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन समितिका सदस्य मनोज केसीले गरेका थिए । तिलोत्तमा वडा नम्बर १७ स्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जारी प्रतियोगिता माघ १३ गतेसम्म चल्नेछ ।


तिलोत्तमा नगर खेलकुद विकाश समितिका सदस्य तथा खेल संयोजक अर्जुन यादवले प्रतियोगिताको प्रतियोगिताको बिजेताले नगद ७० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता टोलीले नगद ४० हजारसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताए । खेलासंयोजक यादवले विधागततर्फ म्यान अफ दी म्याच, वेष्ट ब्याटर, वेष्ट बलर, प्लेयर अफ दी सिरिज, लगायतलाई समेत पुरस्कारको ब्यवस्था गरिएको जानकारी दिए । 

कमेन्ट गर्नुहोस्