
टिकुलिगढ। साना किसान कृषि सहकारी संस्था लिमिटेड टिकुलिगढ रुपन्देहीको २२ औँ साधारणसभा तथा ५ औँ अधिवेशन सम्पन्न भएको छ। अध्यक्ष अनर्जित प्रसाद थारुको अध्यक्षता तथा साना किसान लघु वित्त वित्तीय संस्था, सञ्चालक समितिको सदस्य सुकदेव न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभा तथा अधिबेशनले हरिनारायण थारुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा तुलसा थापा, सचिव गंगोत्री चौधरी, कोषाध्यक्ष शुभ खरेल भण्डारी र सदस्यहरुमा मोहन दत्त सुवेदी,होमबहादुर छन्तेल, चन्द्र खड्का, सुमित्रा थारु,अनुपा चौधरी रहेका छन् भने लेखा समिति संयोजकमा राजेन्द्रप्रसाद गुरुङ र सदस्यहरुमा वेदप्रसाद न्यौपाने र सुशीला मुराउ रहेका छन्।
विष्णु पुनको स्वागतमा शुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अथिति साना किसान लघु वित्त वित्तीय संस्था, सञ्चालक समितिको सदस्य सुकदेव न्यौपानेले सनाकिसानाले कृषकहरुको लागि स्थानिय स्तरमा धेरै ठुलो काम गरेको तर राज्यले किसानहरुको मर्का नबुझेकोले कृषकलिई समस्या परेको बताएका छन्। मल खाद समयमा नपाउदा हुने क्षतिले किसानलाई ठुलो असर पुगेको भन्दै किसन हरु एक जुट भएर समस्या सुल्झाउनुपर्ने बताए।नव निर्वाचित अध्यक्ष हरिअरायन थारुले प्रतिबद्धता मन्तव्य राख्दै आफु सधै किसाको हितमा काम गर्दै आएकोले आब आउने बाधा अड्चनलाई फ़ुकाउदै किसानको सहजता र सुबिधाको लागि काम गर्ने बताएका छन् ।
सो अवसरमा विशिष्ट अतिथि साना किसान लघु वित्त वित्तीय बैंकका प्रमुख शेरबहादुर चौधरी, वार्ड नं १३ का वडा अधयक्ष नारायण ढकाल, वार्डनम्बर-१४ का आश्विन पौडेल, वार्ड नं १३ का निवर्तमान वडाध्यक्ष गणेश न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्दै किसानको सहयोग र सहजताका लागि एकजुट भएर किसानको हितमा हिड्नुपर्ने उल्लेख गरेका छन्। सभामा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई टिका माला लगाएर सम्मान गरिएको थियो। संस्थाको आफ्नै सेलरमिनको प्राङ्गणमा २५७३ जना सेयर सदस्यहरूको उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन कार्यालय प्रमुख रिता घिमिरेले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्