
पर्सहवा, तिलोत्तमा। नेपाल मगर महिला सघ ईकाई कमिटी तिलोत्तमा-१६ को आयोजनामा मकर सकरातीको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । मगर समुदायको विशेष राष्ट्रिय पर्व माघ्या सकराटीको पावन अवसरमा नेपाल मगर महिला सघ ईकाई कमिटी तिलोत्तमा-१६ को आयोजनामा तिलोत्तमा-१६ स्थित पर्सहवामा माघी मेला सहित भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो।
संघकी अध्यक्ष दुर्गी कुमारी रानाको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका वडा नम्बर-१६ का वडा अध्यक्ष झविलाल भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो बृहत सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा माउन्ट एभरेस्ट कठ्ठा उद्योगका संचालक बसन्त रोकाहा, नेपाल मगर संघ तिलोत्तमा नगर कमिटिका अध्यक्ष कृष्ण बहादुर सारु, नेपाल मगर महिला संघ तिलोत्तामाका उपाध्यक्ष लालुमाया श्रीस,भुतपुर्व सल्लाहकार तथा वडा नम्बर १६ का जनप्रतिनिधी हुम बहादुर गाहा, नेपाल मगर महिला संघका भूतपूर्व अध्यक्ष मिन कुमारी पाटा, नेपाल मगर संगाह वडा नम्बर १६ का अध्यक्ष ज्ञान बहादुर सिंजाली, लिटिल स्टार बोर्डिङ्गका प्रिन्सिपल डि बि थापा, लर्ड बुद्ध स्कुलका पवन सराङ्गकोटी, सल्लाहकार लीलामाया थापा लगायतले बोल्दै राष्टिय एकता र सद्भावका लागि समाजको एकता संगै बिकास र समृद्धिका लागि एकजुट हुनुपर्ने बताएका थिए।
कार्यक्रममा गाउँघरमा गाइने लोकदोहोरी, सालैजो, कौडा,आधुनिक गीतमा नृत्य प्रस्तुति राखिनुका साथै मगर सांस्कृतिक भेषभुसा रहनसहन समेत प्रदर्शन गरिएको थियो। मगर समुदायको मौलिक पहिचान, भाषा, भेषभूषा, गीत–संगीत र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा मगर नृत्य, झाँकी, मौलिक बाजागाजा तथा सांस्कृतिक प्रस्तुतिहरू समेटिएको थियो। यस सांस्कृतिक साँझलाई सफल बनाउन यूएईमा रहेका सम्पूर्ण मगर समुदाय तथा नेपाली दाजुभाइ दिदीबहिनीलाई कार्यक्रममा उपस्थित भएका थिए।
कमेन्ट गर्नुहोस्