
चप्परहट्टी, तिलोत्तमा। तिलोत्तमा वडा नम्बर १ अन्तटोल विकास संस्था पुरुष ४० वर्षमाथि फुटबल प्रतियोगिता २०८२ संचालन भएको छ। आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा शान्ति मार्ग टोल विकास संस्थाले नमुना टोल विकास संस्थालाई दुई शून्य गोलको फरकले पराजय गर्दै फाइनलमा प्रवेश गरेको हो।
यसैगरी दोस्रो सेमिफाइनल खेलमा बुद्ध टोल विकास संस्थाले नवदुर्गा टोल विकास संस्थालाई ३-० गोलले विजय हासिल गर्दै फाइनल प्रवेश गरेको हो। बुद्ध टोल विकास संस्था र शान्तिमार्ग टोल विकास संस्थाको फाइनल खेल निर्धारित समयमा गोल हुन नसकेको कारणले ट्राइबेकरको आधारमा खेल अगाडि बढ्दै प्रतियोगिताको उपाधि बुद्ध टोल विकास संस्थाले आफ्नो पक्षमा पारेको छ।
यो प्रतियोगितामा जेष्ठ खेलाडी कालिका टोल विकास संस्थाका गंगा बहादुर राना, सर्वोत्कृष्ट खेलाडी बुद्ध टोल विकास संस्थाका हेम प्रसाद बुढा ,उत्कृष्ट गोल रक्षक र शान्तिमार्ग टोल विकास संस्थाका धर्म पुन हायर स्कोरर बन्न सफल भएका थिए, यो प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. २५,००० ट्रफी मेडल र प्रमाणपत्र यसैगरी दोस्रो हुने टिमले प्राप्त गर्नेछ नगद रु. १५००० ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छ्न।तिलोत्तमा वडा नम्बर १ को अध्यक्ष परशुराम गिरीको अध्यक्षतामा वडा नम्बर १ का वडा सचिव हेमलाल न्यौपानेको सञ्चालनमा उक्त प्रतियोगिता सम्पन्न भएको हो।
कमेन्ट गर्नुहोस्