लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा लुङ्गी फुटबल प्रतियोगिताको उपाधि कल्याणकारी आमा समुहलाई

IMG

शंकरपुर। तिलोत्तमा नगरपालिका वडा नम्बर-९ ले आयोजना गरेको  लुङ्गी फुटबल प्रतियोगिताको उपाधि कल्याणकारी आमा समुह तिलोत्तमा-९ मगंलापुरले जितेको छ । आज सम्पन्न फाइनल खेलमा कुन्जटोल आमा समुहलाई ० का बिरुद्ध १ गोलले पराजित गर्दै कल्याणकारी आमा समुह बिजयी भएको हो ।१६ टिम सहभागी बहेको खेलमा ३ चरणमा आम समुहको टोली लुङ्गी लगाएर फुटबल खेलेका थिए। निकै रोमाञ्चक बनेको खेल हेर्न स्थानिय र टाढा टाढाबाट समेत दर्शकहरु आएका थिए।  


उपाधिसगै कल्याणकारी आमा समुहले २५ हजार रुपैया ,शिल्ड र मेडल  प्राप्त गरेको छ भने फाइनल खेलमा उपबिजेता हुदै कुन्जटोल आमा समुह २० हजार रुपैयासंगै शिल्ड र मेडलमा सिमित भएको छ । यसैबिच तेस्रो स्थानका लागी आजै भएको खेलमा सृर्जनसिल आमा समुह शंकरपुर बिजयी हुदै नगद १५ हजार सिल्ड र मेडल प्राप्त गर्न सफल भएको छ । बिजयी खेलाडी तथा सहभागी आमा समुहलाई नेपाली फुटवल टिमका राष्ट्रिय महिला खेलाडी बिना मगरसंगै वडा अध्यक्षहरु तथा जनप्रतिनिधिहरुले सम्मान गर्नुभएको थियो । कार्यक्रमको सन्चालन वडा न-९ का वडा सदस्य गोबिन्द गुरुङ लवसनले गर्नुभएको थियो।


कमेन्ट गर्नुहोस्