लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-१५ का गरिव तथा अति विपन्न ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

IMG

कोटिहवा । चिसो बढेर जनजीवन अत्यधिक प्रभावित बनेपछि तिलोत्तमा नगरपालिका वडा नम्बर-१५ ले वडा भित्र बसोबास गर्ने गरिव तथा अति विपन्न ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरेको छ । केही दिन यता बढेको कठ्याङ्ग्रिँदो चिसोले गर्दा ज्येष्ठ नागरिकहरू सबैभन्दा बढी समस्यामा परेकाले गरिब, असहाय र विपन्न ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिएको तिलोत्तमा वडा नम्बर १५ का अध्यक्ष खेमराज गुरुङले जानकारी दिनुभएको छ । उहाँले वडाका प्रतिनिधि मार्फत गरिव तथा अति विपन्न ज्येष्ठ नागरिकको पहिचान गर्दै चिसोका कार कसैको जिबनमा समस्या नआवोस भनेर बितरण कार्य अघि बढाएको बताउनुभयो। 


वडाका ३६ जना गरिव तथा अति विपन्न ज्येष्ठ नागरिकलाई प्रमुख अतिथि नगर उपप्रमुख जागेश्वर देवी चौधरीको उपस्थितिमा वडा अध्यक्ष गुरुङ र वडा सदस्यहरुसोहरत चौधरी, क्षितिजा पौडेल, घनश्याम थापा मंगल,  कल्पना भण्डारी पासी लगायतले ब्लाङ्केट प्रदान गर्नुभएको थियो ।


उपप्रमुख चौधरीले गरिव तथा विपन्नमा पनि अति विपन्न ज्येष्ठ नागरिकलाई जाडोमा केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले न्यानो कपडाको रुपमा ब्लान्केट वितरण गरिएको बताउनुभयो । उहाँले सबै ज्येष्ठ नागरिकलाई यो जाडो समयमा उचित हेरचाह र ख्याल राख्नु पर्ने बताउंदै ज्येष्ठ नागरिकहरुको लागि तिलोत्तमा नगरपालिकाले वडा मार्फत धेरै कार्यक्रमहरु ल्याएको समेत बताऊनुभयो। कार्यक्रममा सबै ज्येस्ठ नागरिकहरुलाई समेट्न खोजिए पनि सीमित स्रोत साधनका कारण गरिव तथा विपन्नमा पनि अति विपन्नको पहिचान गरेर वडाले ब्लान्केट प्रदान गरेको प्रति वडालाई धन्यबाद समेत  प्रदान गर्नुभयो । 


कार्यक्रममा स्वागत मन्तव्य राख्दै तिलोत्तमा वडा नम्बर-१५ की वडा सदस्य क्षितिजा पौडेलले चिसोमा आवश्यकताको पहिचान गरेर वडाका गरिव तथा अति विपन्न ज्येष्ठ नागरिकको छनौट गरी उहाँहरूलाई न्यानो कपडा प्रदान गरिएको जानकारी दिनुभयो ।उहाँले वडाले पहिचान गरेका गरिबमा पनि अति गरिब ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन केही हदसम्म सहज होस् भन्ने उद्देश्यले वडाले सहयोग गरेको बताउनुभयो । 


आफ्नो बिचार राख्दै वडा सदस्य कल्पना भण्डारी पासीले न्यानो लुगा नहुँदा चिसोले रातभरि निन्द्रा नपर्ने अवस्था रहेका बेला यो ब्लान्केटले आराम मिल्ने भएकाले वडाले कपडा बितरण गरेको बताउनुभयो । त्यस्तै सो अवसरमा बोल्दै टोल बिकास संजालका अध्यक्ष बाबुलाल बन्जाडेले अत्यधिक चिसोका कारण समस्यामा परेका विपन्न ज्येष्ठ नागरिकले न्यानो ब्लान्केट बितरण गरेको प्रति वडाका प्रतिनिधिहरुलाई धन्यबाद दिंदै खुसी व्यक्त गर्नुभयो । त्यस्तै वडा बाल संजालका अध्यक्ष लभसन पन्थीले वडाले गरेको न्यानो माया बितरण कार्य निकै उत्कृस्ट रहेको प्रतिक्रिया दिनुभयो । 


वडाका ३६ जना गरिव तथा विपन्न ज्येष्ठ नागरिकलाई ब्लान्केट वितरण गरिएको वडाका वडा सचिव मान बहादुर खातीले बताउनुभयो ।उहाँले वडाका विभिन्न टोलमा रहेर बसिबास गर्ने गरिव तथा विपन्न ज्येष्ठ नागरिकलाई पहिचान गरी ब्लान्केट वितरण गरेको र सो न्यानो ब्लान्केट वितरण गर्न वडाले लागि एक लाख रुपियाँ बजेट विनियोजन गरिएको बताउनुभयो।कार्यक्रममा अध्यक्ष गुरुङ , प्रमुख अतिथि नगर उपप्रमुख जगेश्वर देवी चौधरी, वडा सदस्यहरु, बाल संजालका सहजकर्ता बिकास सुनार,टोल बिकासका प्रतिनिधी, आमा समुहका प्रतिनिधी, स्वयंसेविका, बुद्दिजीवी, सरोकारवालाहरुको उपस्थिति रहेको थियो। 


कमेन्ट गर्नुहोस्