लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा ६ स्थित मेदिनी आधारभुत विद्यालयमा बन्ने नयाँ भवनको शिलन्यास

IMG

१२ नम्बर, मणिग्राम। तिलोत्तमा नगरपालिका वडा नं. ६ स्थित मेदिनी आधारभुत विद्यालयमा बन्ने नयाँ भवनको शिलन्यास गरिएको छ । विद्यालयको २ तले भवनको सोमबार लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमल्सिनाले शिलन्यास गर्नुभएको हो । भवन निर्माणका लागि लुम्विनी प्रदेश सरकारले विनियोजन गरेको ८० लाख वजेटबाट काम थालिएको छ ।


कार्यक्रममा मन्त्री तिमल्सिनाले रोजगारसंग जोड्ने शिक्षालाई प्राथमिकता दिइनु अहिलेको आवश्यकता भएको जनाउँदै न्यून आय भएका परिवारका बालबालिकाको शिक्षालाई राज्यले सुनिश्चित गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले भवन निर्माणका लागि आवश्यक थप बजेटको व्यवस्था गर्न पहल पर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले बिद्यालय भवन निर्माण भैरहँदा बिधार्थी संख्या वृद्धी मुख्य चुनौती हुन सक्ने उल्लेख गर्दै शैक्षिक गुणस्तर सुधारतर्फ ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो ।


तिलोत्तमा वडा नं. ६ का वडाध्यक्ष गणेश पाठकले संकटमा रहेको बिधालयलाई पुनर्जीवन दिन गरिएको प्रयासमा सामाजिक विकास मन्त्रालयले गरेको सहयोगको प्रशंसनीय रहेको बताउँदै भवनको पुर्णताका लागि समेत मन्त्रालयबाट सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत पौडेललेको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पौडेलले संकटमा परेको विद्यालयलाई माथि उठाउन प्रदेश सरकारले खेलेको भूमिकाप्रति आभार व्यक्त गर्नुभयो । सामाजिक डिभिजन प्रमुख हरि बिष्ट, शिक्षक सृजना भट्टराई, मिना खरेल लगायतले मन्तव्य राख्नु भएको कार्यक्रममा तिलोत्तमा नगरकार्यपािलका सदस्य सुरेन्द्र श्री, नरबहादुर छन्तेल लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्