लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाबाट सेवा निवृत्त भए कृष्ण प्रसाद पाण्डे

IMG

तिलोत्तमा। उमेर हदको कारण सेवा निवृत्त भएका तिलोत्तमा नगरपालिका कार्यालय रुपन्देहीका प्रसासकिय अधिकृत कृष्ण प्रसाद पाण्डेलाई नगरपालिकाका जनप्रतिनिधि एबम कर्मचारी सहकर्मीहरुले सेवाबाट बिदाई तथा सामाजिक काममा फेरी भेटौंला भन्दै शुभकामना दिएका छन् ।२०५३ सालमा निजामति सेवा प्रवेश गरेका पाण्डे उमेर हदको कारण सेवा निवृत्त भएका हुन् । सेवामा प्रवेश गरेपछि अवकाश सामान्य प्रकृया भए पनि सेवा प्रतिकाे सम्मानका मुख्य भएकाे भन्दै बिदाइ कार्यक्रम गरिएकाे हाे । विभिन्न राजनीतिक कालखण्डमा विभिन्न चुनौतिहरु सामना गर्नु परेको स्मरण गर्दै बिदाइ कार्यक्रममा  प्रसासकिय अधिकृत कृष्ण प्रसाद पाण्डेले भने “जागिरे जीवन सहजै अवतरण गरिएला झै लाग्दैन थ्यो, इमान बचाएर काम गर्न धेरै मेहनत गर्नु पर्यो ।”जति सकियो राज्यका लागि गरियो, आज फर्केर हेर्दा आफ्नो कामप्रति गौरव छ” पाण्डेले भने ।


अवकाश प्राप्त जीवनमा पनि कुनै न कुनै रुपमा राज्यले उहाँको योगदान ग्रहण गरिरहने बिदाइ कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले अपेक्षा गरे । " आफ्नो ज्ञान र अनुभव, सिपलाई आगामी दिनमा पनि शसक्त रुपमा प्रकट गर्नुहुनेछ, उहाँको सिकाइ, भोगाइबाट समाजले अझै धेरै पाउने छ भन्ने अपेक्षा गरेको छु” नगरप्रमुख खाणले भने । सो अवसरमा आगामी जिबनको शुभकामना दिंदै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले  सरल  स्वाभाव र सहज आचरण रहेको बताउँदै सेवाबाटे निवृत्त हुँदा पनि गौरव गर्नुपर्ने अवस्था बनाउनु सक्नु, त्यो नै सम्पत्तिको रुपमा रहने बताईन । “उहाँको अवकाशयुक्त जीवन स्वास्थ्य र सिर्जनशिल रहोस" नगर उपप्रमुख चौधरीले भनिन ।


पाण्डे अति नै सरल स्वभावको, समभाव, सहकार्यमा अब्बल व्यक्तित्व रहेकोले अवकाशपछिको उहाँको जीवन अझै उत्कृष्ट हुने प्रमुख प्रसासकिय अधिकृत खुमलाल भुसालले बताए । सेवा अवधिमा सहज तरिकाले सम्मानित हुँदै हाँसीखुसी स-सम्मान निवृत हुनु पाउनु गौरवको सवाल रहेको भुसालले बताए ।कार्यक्रममा कार्यपालिका सदस्य सुरेन्द्र श्री लगायत वडा अध्यक्ष गणेश पाठक, कृष्ण प्रसाद पौडेल, शाखा प्रमुख, वडा सचिव,  कर्मचारीहरुले आगामी जिबनको उज्ज्वल भविष्यको कामना दिंदै सम्मान पत्र फोटो फ्रेम, माला खादा र अबिर लगाई बिदाई गरेका थिए। 

कमेन्ट गर्नुहोस्