
कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरस्तरीय टोल विकास संस्था सञ्जाल गठन भएको छ। हाल नगरपालिकाका १७ वटा वडाका २ सय २ टोल बिकास संस्था रहेको संजालले सबै वडाको प्रतिनिधिबाट सर्वसम्मत हरि प्रसाद काफ्लेलाई अध्यक्ष( संयोजक) तोकेको हो। संजालको उपाध्यक्ष तथा सह-संयोजकमा बालकृष्ण बस्याल रहेका छन् भने सचिवमा महिला रहने गरि मनोनित गरिनेछ।
त्यस्तै संजालको कोशाध्यक्षमा होम बहादुर छन्तेल रहेका छन् भने सदस्यहरुमा टोपलाल भण्डारी, सुरज गौतम, राजू पौडेल, हरिप्रसाद पाण्डेय, छविलाल भण्डारी, ताराबहादुर गुरुङ्ग, गोपाल प्रसाद भण्डारी, कृष्णप्रसाद डुम्रे, राजेश यादव, कृष्णवहादुर विश्वकर्मा, चकप्रसाद पुन, बाबूलाल बन्जाडे, बुद्धिबल न्यौपाने रहेका छन भने सदस्य सचिवमा सामाजिक बिकास शाखाकी बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरे रहेकी छिन।आज तिलोत्तमा नगरपालिकाको सभाहलमा आयोजित एक बिशेष कार्यक्रममा सो संजाल सर्बसम्मतले गठन गरिएको हो।
समितिले २ बर्ष ६ महि आफ्नो कार्यकाल संचालन गर्ने छ। सो अवसरमा बोल्दै नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, निवर्तमान संयोजक हेमराज पौडेलले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै आगामी कार्यकालमा जनमुखी कार्य गर्न सुझाव दिएका छन्।नयाँ कार्यसमितिलाई टिका खादा लगाएर स्वागत गरिएको थियो।
कमेन्ट गर्नुहोस्