
शंकरपुर्। रुपन्देहीको तिलोत्तमा नगरपालिका भित्र रहेका २ सय २ वटा टोल बिकास संस्थाको प्रतिनिधिमुलक टोल बिकास संस्था संचालन ,व्यवस्थापन र सरसफाई अभियानात्मक कार्यक्रम तथा नगर संजाल पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।नगर स्तरिय टोल बिकास संस्था संजालका संयोजक हेमराज पौडेलको अध्यक्षता तथा नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता एबम नगर उपप्रमुख जगेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा बोल्दै नगर प्रमुख खाणले टोल बिकास संस्थाले तिलोत्तमाको विभिन्न अभियानमा देखाएको कार्यकुशलता, उपस्थिति र अभियान सफल पार्न खेलेको भूमिका अतुलनिय रहेको उल्लेख गर्दै सम्पुर्ण टोल बिकास संस्था र समितिलैई धन्यबाद ज्ञापन गर्नुभयो।कार्यक्रममा बोल्दै नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले टोल विकास संस्था संजालले तिलोत्तमाको बिकास र समृद्धिको पथमा निभाएको भूमिकाको प्रशंशा गर्दै नयाँ हुने कार्यसमितिलाई अग्रिम शुभकामना दिनुभएको छ।उहाँले नियमित अभियानदेखि नगरपालिकाको सबै जसो अभियानमा देखाएको उपस्थितिले हौसला मिलेको भन्दै आगामी दिनमा समेत साथ् सुझाव र उपस्थितिको लागि अनुरोध समेत गर्नुभयो।
कार्यक्रमममा शुभकामना मन्तव्य राख्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले तिलोत्तमाको चर्चाको बिषय र राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चा कमाउन सफल बनाउन टोल बिकास संस्थाले खेलेको भूमिका निकै सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो। सो अवसरमा बोल्दै संयोजक हेमराज पौडेलले सबै टोल बिकास संस्था संजालका पदाधिकारी, वडाका टोल बिकास संस्थाका सबै सदस्य एबम आम जनतालाई धन्यबाद दिंदै आगामी समितिले अझ परिष्कृत भएर नगरपालिकाको बिकासका लागि हातेमालो गर्न आग्रह गर्नुभयो।
कार्यक्रमममा बाताबर मैत्री स्थानिय शासनका सूचकहरुको बारेमा र टोल बिकास संस्था संचालन ,व्यवस्थापन र सरसफाई अभियानात्मक कार्यक्रमको बिषयमा देवदह नगरपालिकाका अधिकृत दिनेश लम्सालले टोल बिकास संस्था संजालका करिव २ सय प्रतिनिधिहरुलाई प्रशिक्षण गर्नुभएको थियो। सो प्रशिक्षण कार्यक्रममा लागेका जिज्ञासाहरुलाई प्रशिक्षक लम्सालले समाधान गर्नुका साथै नयाँ र सफल अभ्यासका बिषयमा छलफल गरिएको थियो।कार्यक्रमको संचालन सामाजिक बिकास शाखा की बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले गर्नुभएको थियो।कार्यक्रम सम्पन्न पश्चात नगर संजाल पुनर्गठन कार्यक्रम ८ गते सम्पन्न हुने सामाजिक बिकास शाखा की बरिष्ठ सामाजिक परिचालक घिमिरेले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस्