लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगर बालसञ्जालको अध्यक्षमा तिलोत्तमा-३ की महिमा खनाल

IMG

शंकरपुर्। नगर बाल सञ्जाल तिलोत्तमा नगरपालिकाको अध्यक्षमा तिलोत्तमा-३ की महिमा खनाल चुनिएकि छिन। नगरको शुक्रबार बसेको नगरस्तरिय बाल भेलाले महिमालाई निर्वाचित गरेको हो। सर्वसम्मत रुपमा अध्यक्ष महिमा सहित सञ्जालको उपाध्यक्षमा रोहन न्यौपाने,सचिव आकृति पाण्डे, सहसचिव मोहित श्रेष्ठ, कोषाध्यक्ष विमला लोहनी र सदस्यहरुमा आकृति ज्ञवाली, प्रिन्सा गौतम, लभसन पन्थी, निखिल जैसी, प्रतिक्षा पाण्डे, यशोदा न्यौपाने, नितेश भण्डारी, सचिन पाण्डे, अनुराग गौतम, प्रयास कार्की, प्रमिशा खरेल चयन भएको निर्वाचन समितिका संयोजक बिष्णु बहादुर चौबेले जानकारी दिनुभएको छ।


सञ्जालको संरक्षकमा नगरका नगरप्रमुख रामकृष्ण खाण रहेका छन्। नवनिर्वाचित अध्यक्ष महिमाले बालमैत्री स्थानिय शासनकालागि दिनरात खट्नुहुने सबैलाई धन्यबाद दिंदै तिलोत्तमालाई नेपालमै पहिचान बनाउने र बालबालिकाको सर्वाङ्गिण बिकासमा पहल गर्दै समृद्ध नगरको लागि अघि बढेर काम गर्ने प्रतिबद्धता जनाईन। भेलामा नगरका १७ वटै वडाबाट वडा बाल संजालका प्रतिनिधिहरू सहभागी भएका थिए। 


सो कार्यक्रम पश्चात नगरपालिकाको आयोजनामा बालमैत्री घोषणा पश्चात प्रगति समिक्षा, अद्यावधिक तथा मापन कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रममा तिलोत्तमाका जनप्रतिनिधी, बिषयगत कर्मचारी, बालमैत्रीसंग सम्बन्धित नगरपालिकाका शाखाका कर्मचारी, वडासचिव, सहजकर्ता, बालसंजालका पुर्व प्रतिनिधि एबम बर्तमान प्रतिनिधि, प्रधानाध्यापक, स्वास्थ्यकर्मी, सरोकारवाला एबम बुद्धिजीवीहरुसँग अन्तरक्रिया समेत गरिएको थियो।


कार्यक्रमको दौरानमा नव-निर्वाचित नगर बालसंजालका पदाधिकारी तथा सदस्यहरुलाई नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशाशाकिय अधिकृत खुमलाल भुसाल, उपसचिव गंगाराम आचार्य लगायत वडाका अध्यक्ष , कार्यपालिका सदस्य,वडा सचिव लगायतका अन्य जनप्रतिनिधिहरुले सफल कार्यकालको शुभकामना दिएका थिए। एक औपचारिक कार्यक्रम गरि शुरु गरिएको सो प्रगति समिक्षा, अद्यावधिक तथा मापन कार्यक्रममा प्रशिक्षक बिष्णु बहादुर चौबेले सहजीकरण गरेका थिए भने कार्यक्रमको संचालन बालमैत्री शाखा प्रमुख धनी प्रसाद शर्माले गर्नुभएको थियो। 

कमेन्ट गर्नुहोस्