लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एक जेन्जीयुवा विमोचनको संघर्ष : परिवार अनि सरकारी कर्मचारीले हेर्नेपर्ने फिल्म झरीपछिको ईन्द्रेणी

IMG

बुटवल। दर्शकको मन जित्न सफल अहिले हलमा लागिरहेको नयाँ नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ पौष ४ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आएको हो। नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रले शुक्रबारदेखि हलमा दर्शकलाई आफ्नो कब्जामा राखेको हो ।चलचित्रका अभिनेता रमेश उप्रेतीले ‘झरीपछिको इन्द्रेणी’ पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित फिल्म भएकोले चलचित्रको मुख्य उद्देश्य दर्शकलाई मनोरञ्जन दिनु नै भएको उल्लेख गरे । अभिनेता उप्रेतीले समाजमा भएको विसंगति, बेथिति, भ्रष्टाचार र अनमियताको जुन कुरा चाहिँ हुनुहुँदैन भन्ने म्यासेज दिएकोले अहिलेका युवाहरुको कथा फिल्मले बुनेको बताए ।


फिल्म समसामायिक विषयवस्तुमा घरघरका कहानीहरु, वडा वडाका कहानीहरु, देशमा भएको बेथिति, विसंगति, भ्रष्टाचार, अनियमितता बिरुद्धको बुलन्द आवाज हो । एक जेन्जी युवा संघर्षको कथा बनेको फिल्म भ्रस्टाचार बिरुद्धको एक ससक्त आवाज बनेर देखा परेको छ। कथाको बिच बिचमा आफैलाई घटेको जस्तो घटनाहरुले आङ्ग सिरिङ्ग पार्दछन भने सबैको अभिनयले कथा सललल बगेको छ। युवाहरुमा भएको एउटा अन्योलताको समिश्रण नै हो ‘झरी पछिको इन्द्रेणी ।’ समाजमा भएको विसंगति, बेथिति, भ्रष्टाचार र अनमिताको जुन कुरा चाहिँ हुनु हुँदैन भन्ने म्यासेज पनि छ।’चलचित्रका लेखक अर्जुन घिमिरे पाँडेका अनुसार चलचित्रमा अहिलेको समाजका समसामयिक विषयवस्तु समेटिएको र आफ्नो भूमिका दर्शकको लागि फरक रहेको बताए ।बालेंन शाहको र्याप गीत समेटिएको फिल्ममा कथा संगै संगीत पनि उत्तिकै दमदार बनेको छ।  


फिल्म फ्यामिली जनराको भएको उल्लेख गर्दै उनले यो चलचित्र हरेक वर्ग र हरेक पुस्तालाई प्रतिनिधित्व गर्ने सामाजिक फिल्म भएकोले हरेक युवा र परिवारले संगै बसेर हेर्न मिल्ने फिल्म बनेको बताए । समाजमा हुनु नपर्ने विकृति, विसंगति र भ्रष्टाचारप्रति सचेत गराउँदै आशा जगाउने सन्देश फिल्मले दिने उनको भनाइ छ ।‘बुटवलको आइएनआइ क्युबक्सबाट दर्शकहरु निस्किदा सबै जसो दर्शकले फिल्म राम्रो बनेको र सबैले एकपटक हेर्ने पर्ने फिल्म बनेको प्रतिक्रिया दिएका थिए।‘झरीपछिको इन्द्रेणी’ ले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक यथार्थको अनुभूति गराउने विश्वास निर्माण टिमले लिएको छ।


फिल्ममा गणेश उप्रेती र अर्जुन घिमिरे पांडे सहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ। यस फिल्मबाट कलाकार विमोचन दवाडी (जेन्जी युवा ) र जेसिका पोखरेलले डेब्यू गर्दैछन्। निर्देशक घिमिरेकै कथा लेखन रहेको फिल्मको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन्।



कमेन्ट गर्नुहोस्