
जानकिनगर। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ को आयोजनामा जेष्ठ नागरिकलाई सम्मान तथा सहयोग गरेको छ ।शुक्रबार वडाले करिब १०० जना ७६ वर्षमाथि ८० वर्षसम्मका जेष्ठ नागरिकलाई कम्बल,दोसला र आधा के,जी, मह सहयोग सहित सम्मान गरेको हो ।
कार्यकममा वडा नम्बर तीनका वडा अध्यक्ष कल्याण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले बोल्दै जेष्ठ नागरिकले गरेको योगदानको सम्मान गर्दे नगरपालिकाले विभिन्न किसिमका सहयोगका कार्यक्रम गरेको बताउदै जेष्ठनागरिकलाई सबैले सम्मान र सहयोग गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा जेष्ठ नागरिक तथा वरिष्ठ पत्रकार मदनलाल पौडेल लगायतले बोल्दै जेष्ठनागरिकलाई सबैको सहयोग,सम्मान, माया र सद्भाव आवश्यक रहेका बताउनुभयो ।कार्यक्रमको संचालन वडा सचिव गोकुल गिरीले गर्नुभएको थियो भने स्वागत कार्यपालिका सदस्य लक्ष्मी घिलेले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्