लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलाेत्तमा मेला पुस ३ गते समापन हुने, आज शान्ति श्री परियार आउने

IMG

मणिग्राम । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ पुस ३ गते समापन हुने भएको छ । महोत्सवमा दर्शकको चाप बढेकाले दर्शकको माग अनुसार थप दुई दिन महोत्सव चल्ने आयोजकले जनाएका छन् ।मेला मुल आयोजक समिति संयोजक तथा आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमका अनुसार मेलामा दर्शकको चाप बढेकाले दुई दिन समयावधि बढाइएको हो ।


महोत्सवमा तिलोत्तमा नगर वडास्तरीय भलिवल प्रतियोगिता पनि जारी रहेको खेल संयोजक विवस थापाले जानकारी दिनुभयो । प्रतियोगितमा बिजेताले ५० हजार दोस्रोले ३०, तेस्रोले २० तथा सान्त्वना स्थान प्राप्त गर्नेले १० हजार प्राप्त गर्नेछन् ।मेलामा जलपरी स्टलमा आकर्षण बढेकाे छ । सगरी रसीयन युवतीहरुले माछाको आकृतिमा सजिएर पानीभित्र खेल्ने खेललाई जलपरि भनिन्छ । जलपरीको स्टलमा दर्शकको आकर्षण बढेको आयोजकले जनाएका छन् । त्यस्तै मेला गेटमा निर्माण गरिएको नमूना लण्डन ब्रिजमा पनि दर्शकको आकर्षण बढेको छ । लण्डन शहरको टेम्स नदीमाथि बनाइएको ऐतिहासिक पुल (लण्डन बिज्र) को नमूना बनाइएको गेटमा दर्शकहरुले टिकटक बनाउने तथा फोटो खिच्ने गरेका छन् ।


त्यस्तै होत्सव स्थलमा निर्माण गरिएका कश्मिर भ्याली, फ्रान्सको आईफिल टावर, वाल उद्दान लगायतका संरचनाले दर्शकको ध्यान तान्ने गरेको छ । महोत्सको दैनिक पाँच हजार दर्शकले अवलोकन गर्ने गरेको संगठनका उपाध्यक्ष भूपति न्यौपानेले उल्लेख गर्नुभयो ।मंसिर १५ गतेबाट शुरु भएको महोत्सव पुस ३ गतेसम्म चल्ने भएको हो । मेलामा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन दिने गरेको सांस्कृतिक कार्यक्रम संयोजक युवराज पराजुलीले बताउनुभयो । उहाँका अनुसार पुष २ गते बुधबार शान्तिश्री परियार, रुपक डोटेल लगायतको प्रस्तुति रहने छ ।मेला सहआयोजकमा तिलोत्तमा नगरपालिका, तिलोत्तमा उद्योग बाणिज्य संघ र तिलोत्तमा ब्यापार संघ रहेका छन् ।

कमेन्ट गर्नुहोस्