लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा मेलामा आज दुर्गेश थापा आउदै, एलिमेन्ट्स ब्यान्डमा झुमे दर्शक

IMG

 मणिग्राम। युवापुस्तामाझ लोकप्रिय 'द एलिमेन्ट्स' ब्यान्डले सोमबार तिलोत्तमा महोत्सवमा सांगीतिक प्रस्तुति दिएको छ। स्लो टृयाजेडि संगै र डान्सिङ्ग नम्बर समेत राखेका  'द एलिमेन्ट्स' ले तिलोत्तमाका दर्शकलाई उत्तिकै मनोरंजन दिन सफल भएका छन्। करीव २ घण्टा दर्जनौ गीतहरुको प्रस्तुति राखेको ब्याण्डले दर्शकको अपार माया पाएको थियो। पछिल्लो समय चर्चामा रहेको ब्यान्डले तिलोत्तमामा पहिलो पटक सांगीतिक प्रस्तुति दिएको ब्यान्ड म्यानेजर मनिष अधिकारीले जानकारी दिए। त्यही सन्दर्भमा ब्यान्डले नयाँ पुराना केही गीत बिर्सने हौ कि, सपनाको मायालु, पुतलीजस्ता गीतहरू प्रस्तुत गर्दा दर्शक झुमेका थिए। एलिमेन्ट्स ब्यान्डका तीनै जना सदस्य ईशानराज वन्त, रौनक सिंह अधिकारी र दिपेश गुरूङको कडा प्रस्तुतिले दर्शक मन्त्रमुघ्ध भएका थिए। 


मंगलबार महोत्सवमा ख्याति प्राप्त कलाकार दुर्गेश थापा सहित राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारको प्रस्तुती रखिएको आयोजक कमिटिका अध्यक्ष प्रेम जीएमले जानकारी दिए । बच्चा देखि बृद्दसम्म रुचाइएका कलाकार दुर्गेश थापाले आफ्ना दर्जनौ प्रस्तुति राख्नेछन। आज अलि छिटो बाट कन्सर्ट शुरु हुने र व्यवस्थापनमा समेत कडाई गरिएको आयोजकको भनाई छ। धेरै भिड बदना सक्ने हुनाले स्वयम् सेवक र सुरक्षा कर्मी तेब्बर थपिएको र सिभिलमा खटाउने आयोजकले बताएको छ। महोत्सवमा सोमबार करिव ४० हजार दर्शकले अवलोकन गरेका छन , भने मंगलबार ( दुर्गेश थापा आउने दिन ) दर्शक ह्वात्तै बढ्ने आयोजक कमिटीको दावी छ।पुष १ गते सम्म सञ्चालन हुने भनिएको महोत्सव ५ दिन थपिन सक्ने र त्यसको जानकारी आज मेला स्थलबाट हुने आयोजकले जनाएको छ। 


मेलामा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी , विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी गराइरहेकोे महोत्सव आयोजक कमिटिका सचिव हेमलाल न्यौपानेले जानकारी दिए ।त्यस्तै महोत्सव स्थलमा निर्माण गरिएका कश्मिर भ्याली, जलपरी, फ्रान्सको आईफिल टावर, वाल उद्दान लगायतका संरचनाले दर्शकको ध्यान तान्ने गरेको छ ।

                                                               

कमेन्ट गर्नुहोस्