
मणिग्राम // लोकदोहोरी गायिका ज्योति मगरले मणिग्रामको प्रदर्शनी चौरमा जारी महोत्सवको शनिबारको दिन दर्शकहरुलाई आफ्नो प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गरेकी छिन । शनिबारको चिसो साँझमा हट अवतारमा आएकी ज्योति मगरले आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेकी हुन ।अन्य लोकदोहोरी कलाकार भन्दा फरक शैलीमा स्टेजमा प्रस्तुत हुने ज्योती मगरले विशेष गरी युवाहरुलाई केन्द्रित गरी आफ्नो प्रस्तुती प्रस्तुत गर्दा महोत्सव स्थलमा युवाहरुको जमात उल्लेख्य मात्रामा देखिन्थे । झण्डै एकदर्जन गीत र टुक्काहरु मार्फत पौने घण्टा प्रस्तुती राखेकी मगरको प्रस्तुतीले अन्य दिनमा भन्दा लोकदोहोरी कार्यक्रमको समयलाई पछाडि सारेको थियो। ज्योति मगरकै कारण शनिबार झण्डै राती ८:३० बजे सम्म महोत्सवमा सहभागी दर्शकहरु महोत्सव स्थलमा बस्न बाध्य बनेका थिए ।
आइतबार महोत्सवमा ख्याति प्राप्त गायिका समिक्षा अधिकारीको प्रस्तुती रखिएको आयोजक कमिटिका अध्यक्ष प्रेम जीएमले जानकारी दिए । महोत्सवमा शुक्रबार ४० हजार दर्शकले अवलोकन गरेका छ, भने १ करोड ६० लाखको कारोवार भएको महोत्सव आयोजक कमिटीले जानकारी दिएको छ। पुष १ गते सम्म सञ्चालन हुने भैएको महोत्सव २ दिन थपिन सक्ने अनुमान आयोजकले लगाएको छ। मेलामा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी , विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी गराइरहेकोे महोत्सव आयोजक कमिटिका सचिव हेमलाल न्यौपानेले जानकारी दिए ।त्यस्तै महोत्सव स्थलमा निर्माण गरिएका कश्मिर भ्याली, जलपरी, फ्रान्सको आईफिल टावर, वाल उद्दान लगायतका संरचनाले दर्शकको ध्यान तान्ने गरेको छ ।
कमेन्ट गर्नुहोस्