
तिलोत्तमा ।विद्युतीय व्यावसायीहरुको हकहितका लागि काम गर्दै आएको रुपन्देही विद्युतीय व्यवसायी संघ तिलोत्तमा नगरको आठौ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । संघको शनिबार तिलोत्तमा शंकरपुर् स्थित बन्धु होटलमा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि विद्युतीय व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही विद्युतीय व्यवसायी संघका पुर्व अध्यक्ष प्रकाश चन्द्र पाण्डेले विद्युतीय व्यवसायीहरुले संघमा आबद्ध ब्यबसायीको हकहितका लागि गरेको कार्य र सामाजिक क्षेत्रमा गरेको सेवामुलक कार्य प्रशंसनिय रहेको बताउनुभयो। व्यवसायीहरुलाई परेको दोहोरो कर प्रणालीको समस्या समाधान गर्नका लागि संघिय तथा प्रदेश सरकारमा आवश्यक पहल गर्न लागिपरेको बताउदै उहाँले काम गर्न फिल्डमा सहज भएपनी खुल्ला सिमानाका कारण आफुहरु मारमा परेको बताउनुभयो।
त्यस्तै कार्यक्रममा बोल्दै रुपन्देही विद्युतीय व्यवसायी संघ तिलोत्तमाका अध्यक्ष हुमनाथ पराजुलीले संघले गरेका काम कारबाहिहरुको बार्षिक प्रतिबेदन सहितको आगामी दिनमा गर्नुपर्ने कुरा प्रस्तुत गर्नुभएको थियो।कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले संघमा आबद्ध हुन र एकजुट भएर काम गर्न सबै व्यवसायीलाई आग्रह गर्नुभएको थियो। सो कार्यक्रममा बिशिष्ठ अतिथि केन्द्रिय सचिव लोकनाथ पोखरेल, लुम्बिनी प्रदेश सदस्य दिपक पौडेल, रुपन्देही विद्युतीय व्यवसायी संघका जिल्ला अध्यक्ष शान्तराज खनाल, रुपन्देही विद्युतीय व्यवसायी संघका जिल्ला प्रथम उपाध्यक्ष सुर्य कुँवर,सल्लाहकार चन्द्रकान्त भण्डारी, लगायतले बोल्दै संघको गरिमा बढाएर काम गर्न तथा व्यवसायीको हितमा एकजुट भएर लाग्न आग्रह गर्दै नया कार्य समिति चयन भएकालाई बधाई तथा शुभकामना दिएका थिए। कार्यक्रममा खुल्ला सत्रको स्वागत संघका तिलोत्तमा उपाध्यक्ष चुरामणी सुबेदी र सन्चालन बसन्त भण्डारीले गर्नुभएको थियो।
संघमा सुबेदीको नयाँ नेतृत्व
रुपन्देही विद्युतीय व्यवसायी संघ तिलोत्तमा नगरको आठौ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले अध्यक्ष पदमा चुरामणी सुबेदी सहित ११ जना नयाँ कार्यसमितिको चयन गरेको छ । संघको उपाध्यक्षमा दिपेश पाण्डे, सचिव अमृत पौडेल, कोषाध्यक्ष प्रदिप पाठक र सदस्यहरुमा सुरेश खनाल,आनन्द प्रसाद भुसाल,गोपाल भण्डारी,छवि बहादुर खत्री, दिलु भट्टराई, राजेन्द्र लम्साल लगायतका रहेका निर्वाचन मण्डलका संयोजक चन्द्रकान्त भण्डारीले बताउनुभएको छ। नयाँ कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रममा प्रमुख अतिथि विद्युतीय व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही विद्युतीय व्यवसायी संघका पुर्व अध्यक्ष प्रकाश चन्द्र पाण्डे र निवर्तमान अध्यक्ष हुमनाथ पराजुलीले बधाई शुभकामना सहित टिका माला तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्