लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कलेज विद्यार्थीका लागि निःशुल्क क्रिकेट अभ्यास सत्र सञ्चालन गर्दै रविरंजन तिवारी

IMG

काठमाडौँ महानगरपालिका-पेशेवर विकेटकिपर–ब्याट्सम्यान, पूर्व U-16 राष्ट्रिय छनोट क्याम्पेन खेलाडी तथा ग्लोबल लिडर रविरंजन तिवारीले कलेजस्तरका विद्यार्थीहरूका लागि सप्ताहन्तमा निःशुल्क क्रिकेट अभ्यास सत्र सञ्चालन गर्दै आउनुभएको छ।युवाहरूलाई खेलमार्फत सशक्त बनाउने, अनुशासन र नेतृत्व विकास गर्ने तथा क्रिकेट संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यो सामाजिक अभियान सुरु गरिएको हो। उक्त अभ्यास सत्रमा सहभागी हुन इच्छुक विद्यार्थीहरूबाट कुनै पनि प्रकारको शुल्क नलिइने जानकारी दिइएको छ।


स्रोतसाधनको अभावका कारण प्रतिभा हुँदाहुँदै पनि पछि परेका युवाहरूलाई अवसर प्रदान गर्नु नै यस पहलको मुख्य लक्ष्य हो। खेलकुदले युवाहरूको व्यक्तित्व विकास, सकारात्मक सोच र नेतृत्व क्षमतामा महत्वपूर्ण भूमिका खेल्ने उहाँको धारणा छ।हाल काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालन भइरहेको यस निःशुल्क अभ्यास सत्रमा विभिन्न कलेजका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ। इच्छुक विद्यार्थीहरूले समाजमा सकारात्मक प्रभाव पार्ने यस अभियानमा सहभागी भई आफ्नो क्रिकेट क्षमता निखार्न सक्नेछन्।

कमेन्ट गर्नुहोस्