
मणिग्राम।तिलोत्तमाको मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ मा साँझ पारेर स्टेज चढेका चर्चित लोकदोहोरि गायक खुमन अधिकारिले दर्शकलाई चिसो मौसममा तताएका छन्। गायक खुमनको प्रस्तुतिमा दर्शकहरुले नाँचेर भरपुर् मनोरंजन लिएका छन्। दर्शकहरुको उपस्थिति प्रदर्शनीको ११ औ दिन पनि प्रर्दशनी मण्डप मणिग्राममा सन्तोष जनक रहेको थियो।
गायक खुमन अधिकारिले गित गाउँदा मेलामा उपस्थित वृद्ववृद्वाहरु देखि युवायुवतीहरुमा एकदमै फरक खालकको जोश जाँगर र उत्साह देखिएको थियो।मेलामा खुमनले आफ्ना नयाँ देखि पुराना एक दर्जन भन्दा बढी गीत गाएर दर्शक झुमाएका थिए भने उनले दोहोरीमा झनै दर्शक उफारी उफारी नचाए।मङ्सिर १५ गतेदेखि पुष १ गतेसम्म मेला सुचारु हुने आयोजकले जनाएको छ। महोत्सवको बार्हौ दिन अर्थात शुक्रबार चर्चित आधुनिक तथा लोकदोहोरि गायक पुस्कल शर्माको बेजोड प्रस्तुति रहने र त्यसपछि ज्योति मगर,समिक्षा अधिकारी, र दुर्गेश थापा आउने पक्का भएको छ।
कमेन्ट गर्नुहोस्