लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा मेलामा नमूना लण्डन टावरब्रिजको आकर्षण

IMG

मणिग्राम। रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ को गेटमा निर्माण गरिएको नमूना लण्डन टावरब्रिजमा दर्शकको आकर्षण बढेको छ । लण्डन शहरको टेम्स नदीमाथि बनाइएको ऐतिहासिक पुल (लण्डन टावरबिज्र) को नमूना बनाइएको उक्त गेटमा दर्शकहरुले टिकटक बनाउने तथा फोटो खिच्ने गरेका छन् । 


लण्डनमा पर्यटकको एक महत्वपूर्ण गन्तब्य रहकोे लण्डान टावरब्रिजको आकृतिले महोत्सवमा आउने दर्शकहरुलाई आकर्षित गरेको मेला मूल आयोजक समितिका संयोजक तथा आयोजक तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले बताउनुभयो ।महोत्सव स्थलको लण्डन टावरब्रिजमा टिकटक बनाउदै गर्नुभएका तिलोत्तमाका स्थानीय मुना नेपालले भन्नुभयो, ‘मेला हेर्नमा भन्दा पनि टिकटक बनाउन लण्डन ब्रिजमा आएका हौं, निकै रमाईलो लागेको छ ।’


त्यस्तै महोत्सव स्थलमा निर्माण गरिएका कश्मिर भ्याली, जलपरी, फ्रान्सको आईफिल टावर, वाल उद्दान लगायतका संरचनाले दर्शकको ध्यान तान्ने गरेको छ । महोत्सको दैनिक पाँच हजार दर्शकले अवलोकन गर्ने गरेको जीएमले उल्लेख गर्नुभयो ।महोत्सव स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन र प्रचारप्रसार गर्न उपयुक्त अवसर सुजना गरेको र साना ठूला सबै उद्योगी ब्यवसायीले यसको सदुपयोग गर्नुपर्ने आयोजकको भनाई छ ।


मंसिर १५ गतेबाट शुरु भएको महोत्सव पुस १ गतेसम्म चल्नेछ । मेलामा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन दिने गरेको सांस्कृतिक कार्यक्रम संयोजक युवराज पराजुलीले बताउनुभयो ।मेला सफल पार्न तिलोत्तमाका सबै संघ संस्था, राजनीतिक दल तथा सबै सरोकारवालाको सहयोग रहेको पराजुलीले बताउनुभयो । मेला सहआयोजकमा तिलोत्तमा नगरपालिका, तिलोत्तमा उद्योग बाणिज्य संघ र तिलोत्तमा ब्यापार संघ रहेका छन् ।


महोत्सवमा तीन सय स्टलहरु सहभागी गराइएको छ । महोत्सवमा आधुनिक प्रविधिबाट गरिने कृषि, पर्यटन, गार्मेन्ट, महिलाका उद्यमीका उत्पादन लगायत समाग्री समेटिएका स्टलहरु सहभागी गराइएको छ ।त्यस्तै महोत्सवमा विभिन्न खेल प्रतियोगिता, नृत्य प्रतियोगिताहरु जारी रहेका छन् । सोमबार कलाकारहरु रबि रिमाल, जमुना राना, बसन्त लम्साल, जिया भूसाल, दुर्गा गुरुङ तथा सोनी डान्स ग्रुप र गोेल्डेन स्टार केला केन्द्रको प्रस्तुति भैरहेको छ। मंगलबार कलाकारहरु सिर्जना खत्री, लक्ष्मी बस्नेत, दामोदर बस्याल लगायतको प्रस्तुति रहने छ ।

कमेन्ट गर्नुहोस्