
काठमाण्डाै – सुनसरीको रामधुनीका दिनेशकुमार चौधरीको हत्या स्थानीयकै योजनामा भएको खुलेको छ । गएको असोज २५ गते रामधुनी नगरपालिका वडा नम्बर २ मा सिटी सफारी (विद्युतीय रिक्सा) चालक चौधरीमाथि गोली प्रहार गरी हत्या भएको थियो ।
हत्याको आरोपमा स्थानीय दाजुभाइ राजकिशोर साह र नन्दकिशोर साहले अरू मान्छे परिचालन गरेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । चालक चौधरी धामीझाँक्री भएको र तन्त्रमन्त्र गरी परिवारका सदस्यलाई बिरामी बनाइ दुःख दिएको भन्दै हत्या गराइएको खुलेको जिल्ला प्रहरी उपरीक्षक केशवकुमार थेवले बताउनुभयो ।उहाँका अनुसार चौधरीको हत्यामा ६ लाख रुपैयाँ लेनदेन भएको पाइएको छ । हत्यामा संलग्न भएका भन्दै साह दाजुभाइसहित सात जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।
कमेन्ट गर्नुहोस्