
ड्राइभरटोल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १, ३ र ४ को सिमाना पर्ने ड्राइभरटोल चोकमा निशुल्क पार्किङ सुरु भएको छ । करिव १ सय मिटरको उक्त पार्किङ स्थलको शनीबार एक कार्यक्रमका बिच नगरप्रमुख रामकृष्ण खाणले उद्घाटन गरे ।उनले यस सुबिधाले ब्यापारिक र ब्यवसायिक रुपमा ड्राइभरटोलको बिकास हुनेर व्यापारिक प्रयोजनमा अझ सुबिधा हुने साथै बढ्दै गएको सवारी चाप र तितरबितर पार्किङ्ग व्यवस्थित हुने बताए । साथै उनले पालिकामै मणिग्राम कोटिहवापछि ड्राइभरटोलमा समेत निशुल्क पार्किङ्ग सुबिधा इर्मान गरिएकोले आगामी दिनमा अन्य मुख्य बजार भएका चोकमा पार्किङ सुबिधा थप्दै जाने बताए ।
समुद्घाटन कार्यक्रममा वडा न ४ का अध्यक्ष हरि बहादुर क्षेत्री, वडा नम्बर १ का अध्यक्ष फर्सुराम गिरी, वडा नम्बर ३ का अध्यक्ष कल्याण पौडेल, तिलोत्तमा उद्योग वाणिज्य संघ का अध्यक्ष ज्ञानेन्द्र कार्की, तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जिएम, तिलोत्तमा वडा नम्बर ४ का निवर्तमान अध्यक्ष दिवाकर ढकाल लगायतले बोल्दै सहज पार्किङले उपभोक्ताहरु सामान खरिद गर्न, बजार आउने, बजार चलायमान हुने र नागरिक खुसी हुने बताए ।उनीहरुले सडकमा अव्यवस्थित रुपमा सवारी साधन रोकिदा हुने दुर्घटना न्यूनीकरणमा समेत पार्किङले सघाउने बताए । कार्यक्रमको संचालन वडा ४ का सचिब काशिराम ज्ञवालीले गरेका थिए ।
कमेन्ट गर्नुहोस्