लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गौतमबुद्धको पावन भूमि तिलोत्तमामा 'राइट माइंडफुलनेस कार्यक्रम सम्पन्न

IMG


​तिलोत्तमा,नेपाल।​गौतम बुद्धको पावन क्षेत्र, तिलोत्तमा-९, ओशो भिलेज मा मंसिर १५ देखि १७ गतेसम्म त्रि-दिवसीय 'राइट माइण्डफुलनेस (RIGHT MIND-FULLNESS PROGRAM) / सम्यक जागरण (सम्मासति)' कार्यक्रम सम्पन्न भएको छ। समर्थगुरु संघ नेपालको मातहतमा समर्थगुरु साधनाकेन्द्र मंगलापुरले आयोजना गरेको यस कार्यक्रममा ६० जना सहभागी मित्रहरूको उत्साहजनक उपस्थिति रहेको थियो।


​कार्यक्रमको उद्देश्य र प्रेरणा

​भगवान गौतम बुद्धको देशनामा आधारित यस कार्यक्रमले सहभागीहरूलाई शारीरिक सुख, मानसिक शान्ति, भावनात्मक प्रफुल्लता प्राप्त गरी सदा आनन्दमा कसरी स्थित रहने भन्नेबारेमा महत्वपूर्ण प्रेरणा प्रदान गर्‍यो। यस युगका युगपुरुष भगवान श्री ओशोले यसै कलालाई 'Living now and Here' अर्थात् क्षण-क्षण जिउने कला भनेर परिभाषित गर्नुभएको छ।​आयोजकका अनुसार, 'राइट माइण्डफुलनेस प्रोग्राम' विकसित मुलुकहरूमा अत्यन्त लोकप्रिय भैसकेको छ र कतिपय राष्ट्रहरूले यसलाई मन्त्रालय वा विभाग नै स्थापना गरेर आम जनमानसमा स्थापित गरिसकेका छन्।


​नेतृत्व र सान्दर्भिकता

​सूचनाले भरिएको आधुनिक जगतमा मनुष्यले तनावग्रस्त जीवन बाँचिरहेको र प्रतिस्पर्धाको जालोभित्र छटपटाइरहेको सन्दर्भमा, आनन्दित जीवनको सूत्र प्रयोग गर्ने यस 'सम्यक जागरण' कार्यक्रम अझ सान्दर्भिक देखिएको छ।​यो कार्यक्रम समर्थगुरु संघका केन्द्रीय संयोजक आचार्य दर्शन जीको नेतृत्व मा, समर्थगुरु संघ नेपालकी संयोजक मन्जु शर्मा तथा आचार्य अमित जी ले सफलतापूर्वक संचालन गर्नुभएको थियो।


​आगामी कार्यक्रमको जानकारी

​समर्थगुरु ध्यान केन्द्र मंगलापुरले आगामी मंसिर १८ देखि २० गतेसम्म भगवान गौतम बुद्धको आर्य अष्टाङ्गिक मार्गमा आधारित 'सिद्धार्थ ध्यान योग' आयोजना गर्ने भएको छ। समर्थगुरु मंगलापुर, ओशो भिलेजमा जीवन विधायक प्रज्ञा र ध्यान समाधि कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।

कमेन्ट गर्नुहोस्