लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विद्युतीय दूर्घटना न्यूनीकरण गर्न विद्यालयमा सुरक्षा सचेतना कार्यक्रम गरिँदै

IMG

बुटवल । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले विद्युतीय दुर्घटना न्यूनिकरण र विद्युत चुहावट नियन्त्रणका लागि विद्यालयमा सुरक्षा सचेतना कार्यक्रमको तयारी गरेको छ । प्राधिकरणले लुम्बिनी प्रदेशभरका वितरण केन्द्रमार्फत आउँदो आइतबार अर्थात् मंसिर ७ गतेदेखि विभिन्न जिल्लाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी निःशुल्क विद्युतीय सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्न थालिएको हो ।


कार्यक्रममार्फत विद्यार्थीद्धारा घर–घरमा विद्युत सुरक्षा सम्बन्धी जनचेतना फैलाउने उद्देश्य राखिएको प्राधिकरणका प्रमुख हरी प्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत् पहिलो चरणमा विद्यालयमार्फत सचेतना अभियान सञ्चालन गर्न थालिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्