
भलवारी। वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा तिलोत्तमा-७ दर्शनटोलमा आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ। कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नम्बर-७ का वडा अध्यक्ष देवी प्रसाद पङ्गेनीको अध्यक्षता नगर उपप्रमुख जगेश्वर देवी चौधरीको प्रमुख आतिथ्यता र तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको विशिष्ट आतिथ्यतामा शुरु भएको हो।
कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य शोभाकान्त ढकाल , सामी रुपन्देहि जिल्ला कार्यक्रम संयोजक सिता पन्त , सामी फोकल पर्सन तथा रोजगार संयोजक शंकर पन्थी, अम्बिका बेल्बासे, शकुन्तला ढकाल, स्थानिय सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको बित्तीय साक्षरता सहजकर्ता अम्बिका बेल्बासेले जानकारी दिनुभएको छ। कार्यक्रम २१ हप्तासम्म विभिन्न चरणमा संचालन हुनेछ।
कमेन्ट गर्नुहोस्