लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अपाङ्गता सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय नीति विषयक अभिमुखीकरण सम्पन्न

IMG

फर्साटिकर। Disability Rights Fund को आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको आयोजनामा अपाङ्गता सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय नीति विषयक सरोकारवालाहरु बीच आयोजित एक दिवसीय अभिमुखीकरण कार्यक्रम स्थानीय अपाङ्गता समावेशी नीति तर्जुमा सम्बन्धी सरोकारवालाहरु बिच एक दिवसीय  कार्यशाला शुद्दोधनमा आज सम्पन्न भएको छ । शुद्दोधन गाउपालिकाका न्यायिक समिती सदस्य, अपांगता समितिका सदस्य , कार्यपालिका सदस्य,विभिन्न शाखा प्रमुख , वडा अध्यक्ष तथा प्रतिनिधिहरु , विभिन्न अपाङता भएका व्यक्तीका बिचमा  अपांगता भएका महिलाका अधिकारमा केन्द्रित रहेर कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा बोल्दै शुद्दोधन गाउपालिकाका उपाध्यक्ष शान्ता देवी ज्ञवालीले कार्यशालामा सिकाइएका कुरा निकै प्रभावकारी र आवश्यक पनि रहेको बताउनुभयो । आजको कार्यक्रममा सिकाइएका कुरालाई आगामी दिनमा पनि निरन्तरता दिनु पर्ने कुरामा जोड दिदै अपांगता भएका व्यक्तिका लागि कार्य गर्ने कुरामा आफू सधै सकरात्मक रहेको  बताउनु भयो ।कार्यक्रममा बोल्दै  शुद्दोधन गाउपालिकाका महिला बालबालिका शाखाका प्रमुख लक्ष्मी खत्रीले जुन लक्षित बर्गका लागि कार्यक्रम आयोजना गरियो निकै प्रभावकारी रहेको बताउनु भयो ।


कार्यक्रममा महिला अधिकार  सम्बन्धी महासन्धि , बालबालिकाको अधिकार सम्बन्धि महासन्धी , अपांगता भएका व्यक्तीका अधिकार , कानुनमा भएका व्यवस्था तथा नितिका बारेमा प्रशिक्षण गराइएको थियो।कार्यक्रममा नेपाल सरकारका उप सचिव तथा नेत्रहीन महिला संघका सल्लाहकार नीरा अधिकारी र राष्ट्रिय अपांगता निर्देशन समितिका सदस्य साबित्रा घिमिरेले प्रशिक्षण गर्नु भएको थियो ।कार्यक्रम नेत्रहीन महिला संघ रुपन्देहीका अध्यक्ष कुन्ती पौडेलको अध्यक्षता,सस्थाका कर्मचारी  लक्ष्मी पाण्डेको संचालन तथा नेत्रहीन महिला संघका कार्यक्रम प्रमुख मानषी शर्माको व्यवस्थापनमा सप्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्