
ठुटीपिपल। सृजनशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ओमसतिया-१ रुपन्देहीको २२ औं साधारण सभा तथा ७ औं अधिवेशन ठुटिपिपलमा सम्पन्न भएको छ । रूपन्देहीको ओमसतिया १ को सृजनशिल महिला बहुउद्देश्य सहकारी संस्था लि को नयाँ नेतृत्वको लागि आईतवार भएको निर्वाचनमा सर्वसम्मत रुपमा अधिवेशन सम्पन्न भएको हो। ।
अध्यक्षमा नविनता पोख्रेल निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा गंगा थापा सचिवमा भारती श्रेष्ठ , सहसचिवमा कमला घर्ती , कोषाध्यक्षमा शान्ति पौडेल , सदस्यहरुमा रञ्जु अधिकारी , दिल माया बलाल , जमुना ढकाल र लक्ष्मी श्रेष्ठ निर्वाचीत भएका हुन त्यस्तै लेखा संयोजकमा पुष्पा दंगाल सदस्यहरुमा राधा थापा र ईश्वरी सिंह निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक चन्द्रकान्त भट्टराई जानकारी दिए ।
साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष नविनता पोखरेलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले संस्थाको पुँजी १२३४२६३९।३७ ( एक करोड तेईस लाख बयालीस हजार छ सय उन्नचालिस रुपैया सैतिस पैसा ) रहेको छ भने संस्थाको जगेडा कोष ९४५९१२।०७ ( नौं लाख पैँतालीस हजार नौ सय बार रुपैया सात पैसा रहेको जानकारी दिएकी हुन ।सहकारीले असल बचत कर्ता , असल ऋणि सदस्य, जेष्ठ शेयर सदस्य सस्थापक अध्यक्ष , निवर्तमान अध्यक्ष र संस्थाका कर्मचारीलाई सम्मान गरेको थियो ।
कार्यक्रमको उदघाटन गर्दै ओमसतिया गाउँपालिका १ का अध्यक्ष बेल बहादुर बराल मगरले सहकारी संस्थाले ॠण सहि ठाउँमा सदस्यको मर्म अनुसार लगानी गर्नुपर्ने र संस्थालाई चुस्त दुरुस्त राख्न पर्ने कुरामा जोड दिएका हुन । कार्यक्रममा लेखा परीक्षक चन्द्रकान्त भट्टराई, संस्थाका सल्लाहकार चुम कला बस्याल , सल्लकार ललिता थापा, सञ्चारकर्मी सरु राना लगायतले सहकारीका प्रतिवेदनहरूले संस्थाका गतिविधिहरु सही भए पनि सदस्यहरुका शंकाहरु निवारण गर्नेगरी कार्य गर्नुपर्नेमा जोड दिए । साधारण सभा संस्थाका सचिव लक्ष्मी पौडेल र सहसचिव कार्यक्रम संचालन गरेका थिए भने संस्थाको उपाध्यक्ष सरला ज्ञवालीले स्वागत गरेकी थिइन ।
कमेन्ट गर्नुहोस्