लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा शनिबार म्याराथुन, जोगिकुटीबाट मंगलापुर वडा कार्यालयसम्म

IMG

योगिकुटी। तिलोत्तमा नगरपालिका वडा नम्बर ९ को आयोजनामा म्याराथुन हुने भएको छ । युवाको ज्ञान युवाको शान भन्ने मुल नारासहित वडा न ९ तिलोत्तमाको आयोजनामा हुने तिलोत्तमा रन-२०८२ यहि मङ्सिर १३ गते शनिबार भोलि बिहान ७:४५ बजे शान्तिकुञ्ज योगिकुटीबाट शुरु भै वडा कार्यालयमा सम्पन्न हुने कार्यक्रम संयोजक लवसन गुरुङले बताए।


दोस्रो संस्करण दौड प्रतियोगितामा तिलोत्तमा भरीका १५ देखि ४० वर्षसम्मका महिला पुरुष,४१ देखि ६० बर्षसम्मका महिला पुरुष तथा ६० बर्षदेखि माथिका पुरुष जेष्ठ नागरिक सहभागी हुन पाउने वडा अध्यक्ष ध्रुव न्यौपानेले बताउनुभयो । उक्त प्रतियोगिता योगिकुटी चोकदेखि सुरु भई वडा ९ कार्यालयसम्म करिब ८ किलोमिटर दुरीको हुने संयोजक गुरुङ्गको भनाई छ । प्रतियोगितामा प्रथम,द्धितिय तथा तृतिय हुनेले क्रमश १३ हजार ८ हजार र ५ हजार प्राप्त गर्नेछन् ।


म्याराथुनमा सहभागी हुन चाहने जो कोहि बिहान ७ बजे मनागलापुर जानु पर्ने हुन्छ। योगिकुटी बाट शुरु हुने सो प्रतियोगिता को स्टार्ट पोइण्टसम्म मंगलापुर देखि निशुल्क बस लाग्ने छ। जोगिकुटि पायक पर्ने जो कोहि पाजी मंगलापुरमा कार्यक्रम सम्पन्न हुने भएकोले मंगलापुर नै जान आयोजकले सुझाएको छ। संयोजक लवसन भन्छन : योगिकुटीबाट शुरु हुने भएकोले मंगलापुरमा समापन हुने हुँदा कार्यक्रम समापन पछि योगिकुटीसम्म आउन  गाह्रो हुने हुँदा सबै धावकहरुलाई मंगलापुर चोक मै आइदिनुहुना अनुरोध गरेका छौ। मंगलापुरबाट बसमा योगिकुटी सम्म आएर प्रतियोगिता शुरु हुने र मंगलापुरदेखि पुर्व रहेको वडा कार्यलयमा गएर प्रतियोगिता सकिने छ। 

कमेन्ट गर्नुहोस्