लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको शुद्धोदनमा नेत्रहिन महिला संघको अभिमुखीकरण कार्यक्रम सम्पन्न

IMG

फर्साटिकर। नेत्रहीन महिला संघको आयोजनामा शुद्धोधन गाउँपालिकाको फर्साटिकर रिद्दिसिद्धि पार्टी प्यालेशमा अपांगता भएका व्यक्तिको परिवारसंग भएको २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। Disability Rights Fund को आर्थिक सहयोगमा संचालित परियोजना अन्तर्गत शुद्धोदन गाउँपालिकाको अभिमुखीकरण पालिकाका उपाध्यक्ष शान्ता देवी ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


अघिल्लो दिन नेत्रहिन महिला संघका सचिव सुनिता नेपालीले अपाङ्गता सम्बधी परिचय, यसको अबधारणा र बिषयबस्तुमाथि प्रकाश र महासचिव अनिता सिग्देलले व्यक्तिगत हेरचाहकर्ता र व्यक्तिगत सहयोगी सम्बन्धी आधारभूत पक्षहरुका बिषयमा छलफल गराउदै सुझाव र सिप आदानप्रदान गर्नुभएको थियो भने अभिमुखीकरणको दोस्रो दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय नीति सम्बन्धी सावित्रा भण्डारीले सहजीकरण गर्नुभएको थियो भने शुद्धोदन गाउँपालिकाकि महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी खत्रीले गाउँपालिकाको हालको अवस्था बारे परिचर्चा गर्नुभएको थियो। त्यस्तै लक्ष्मी पाण्डेले हेरचाह गर्ने व्यक्तिको लागि कस्ता सिपहरुको सिकाई हुँदा सहज हुन्छ भन्ने बिषयमा प्रशिक्षण भएको थियो। कार्यक्रमको सहजीकरण फोकल पर्सन लक्ष्मी पाण्डेले गर्नुभएको थियो।


कार्यक्रममा आफ्नो बिचार राख्दै  शुद्धोदन गाउँपालिकाकी उपाध्यक्ष शान्ता देवी ज्ञवालीले अपाङ्गता भएका महिला र बालबालिकालाई हेरचाह गरे व्यक्तिलाई अवसर दिएर सिप सिकाएर स्वाभिमा बनाउन सके घर परिवारमा सहजता ल्याउन सकिने बताउनुभएको छ।उहाँले कसैको घर परिवारमा अपाङ्गता भएका व्यक्तिहरुलाई हेरचाह गर्ने ब्यक्तीलाई समेत समस्या भएकोले त्यसमा सबै मिलि सहजीकरण गर्न सबै सरोकारवालाहरुलाई आग्रहा समेत गर्नुभयो।


सो अवसरमा त्यस्ता अभिभावकलाई प्रशिक्षण दिंदै महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी खत्रीले अपाङ्गता भएका व्यक्तिलाई पालनपोषण र हेरचाह गर्न तिनका परिवारलाई समेत आवश्यक सिप र समान अवसर दिनुपर्ने उल्लेख गर्नुभयो। प्रशिक्षण दिंदै सावित्रा भण्डारीले परिवारको आवश्यक हेरचाह र अभिभावकलाई दिईने तालिम र सिपले अपाङ्गता भएकाको हेरचाहमा थप उर्जा मिल्ने बताउनुभयो।कार्यक्रमा नेत्रहिन महिला संघकि महासचिव गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण फोकल पर्सन लक्ष्मी पाण्डेले गर्नुभएको थियो। शुद्धोधनका करिव ४० जना सहभागी रहेको तालिम कार्यक्रम २ दिन सम्म चलेको थियो।

कमेन्ट गर्नुहोस्