लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१४६ जनाले पाए तिलोत्तमाको नगर प्रमुख छात्रवृत्ति, अवकाश प्राप्त ७६ शिक्षक सम्मानित

IMG

कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर प्रमुख छात्रवृत्ति वितरण गर्नुको साथैं उत्कृष्ट विद्यार्थी, विद्यालय र सामुदायिक विद्यालयबाट अवकाश प्राप्त शिक्षकहरुलाई सम्मान गरेको छ । नगरपालिकाले यस पटक नगर प्रमुख छात्रवृत्ति १४६ जना विद्यार्थीलाई प्रदान गरेको छ। नगर प्रमुख रामकृष्ण खाणको पारिश्रमिक समेत जम्मा हुने नगर प्रमुख छात्रवृत्ति अक्षयकोषबाट जनही पाँच हजारका दरले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको शिक्षा शाखाले जनाएको छ । 


यस्तै नगरपालिकाले २०७४ साउन १ देखि २०८२ असार मसान्तसम्म नगरका सामुदायिक विद्यालयबाट स्वच्छिक तथा अनिवार्य अवकाश प्राप्त ७६ जना शिक्षकलाई सम्मान गरेको हो ।यस्तै कक्षा ८ र कक्षा १२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका छात्र-छात्रा र विद्यालयलाई पनि नगरपालिकाले सम्मान गरेको छ ।नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने ९ जना विद्यार्थीलाई नगद दश हजारका दरले छात्रवृत्ति उपलब्ध गराएको हो । नगरपालिकाले यसअघि नैं एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरिसकेकोमा सोमबार कक्षा ८ र १२ मा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाणले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भनेर आफ्नो पारिश्रमिकबाट छात्रवृत्तिमा उपलब्ध गराएको बताउनुभयो ।


 शिक्षित व्यक्तिले मात्र सभ्य, सुसंस्कृत समाज निर्माण गर्ने बताउँदै नगर प्रमुख खाणले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पालिका सधैं प्रयन्तरत रहेको बताउनुभयो ।यस्तै नगर उपप्रमुख जागेश्वरी चौधरीले छात्रवृत्तिले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलगायतका सरोकारवालाहरुले दिएका सुझावलाई क्रमशः कार्यान्वयन गरिने बताउनु भयो ।प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नगरको समग्र शैक्षिक अवस्था सुधारका लागि पालिका दत्तचित्त भएर लागेको उल्लेख गर्दै यसमा सबैको साथ र सहकार्य अपरिहार्य रहेको स्पष्ट पार्नुभयो । शिक्षा शाखा प्रमुख उपसचिव गंगाराम आचार्य, विभिन्न वडाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्य हरु, वडा सदस्यहरु , कर्मचारी, शिक्षक, अभिभावक , तथा सरोकारवालाहरुको उपस्थितिमा भएको कार्यक्रमको संचालन शिक्षा शाखा अधिकृत धनी प्रसाद शर्माले गर्नुभएको थियो। 



कमेन्ट गर्नुहोस्