
तिलोत्तमा। भलवारी जेसीजको आयोजनामा शैक्षिक तथा खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा ९ मा रहेको गौतम बुद्ध मावि केवलानीमा अध्ययनरत विद्यार्थीहरुलाई अमेरिका निवासी शशी सुजतेजको आर्थिक सहयोगमा सामाग्री हस्तान्तरण गरिएको भलवारी जेसीजका अध्यक्ष जेसी मीन तिवारीले जानकारी दिनुभयो ।
विद्यालयका प्राचार्य मृगेन्द्र प्रसाद रिजाल र भलवारी जेसीजका पदाधिकारीहरुको रोहवरमा कक्षा नर्सरी र एलकेजीलाई लक्षित गरि एक लाख २० हजार रुपैया बराबरको शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको तिवारीको भनाई छ । सो अवसरमा भलवारी जेसीजका कोअर्डिनेटर जेसी अरुण पन्थि, कार्यक्रम सन्चालक जेसी रुपेश पाण्डेय,लगायतको सहभागिता रहेको थियो ।
सामाजिक कार्यमा क्रियाशिल भलवारी जेसीजले विभिन्न समयमा रक्तदान, बृक्षारोपण, विद्यँलयहरुमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण, ट्राफिक सचेतना, जेष्ठ नागरिक सम्मान, असक्त, असहाय, गरिव तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई आर्थिक, खाद्यान्न तथा लत्ताकपडा सहयोग लगायतका कार्यहरु गर्दै आएको संस्थाका अध्यक्ष जेसी मीन तिवारीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्