लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु युथ युनियन चौथो समपुर्ण कपको क्वाटरफाइनलमा,आयोजक समपुर्णको ट्राइब्रेकरमा हार

IMG

सुपौली । संघर्षपुर्ण जितका साथ न्यु युथ युनियन क्लब, तानसेन, पाल्पा जारी स्व. लाल बहादुर पुन र राजकुमार पुन स्मृति चौथो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बिहीबार भएको प्रिक्वाटरफाइनलतर्फ न्यु युथ युनियनले आयोजक समपुर्ण युवा क्लब, सुपौली, रुपन्देहीलाई टाईब्रेकरमा हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।


त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ खेलको १३औं मिनटमा सन्तोष कार्कीको गोलबाट न्यु युथ युनियनले नै खेलमा अग्रता बनाएको थियो । यद्यपि दोस्रो हाफतर्फ ३४औं मिनटमा कप्तान रोहित पुनले समपुर्णका लागि बराबरी गोल फर्काएका थिए ।टाईब्रेकरमा भने न्यु युथ युनियनले समपुर्णमाथि ४–१ को जित निकाल्यो । टाईब्रेकरमा समपुर्णका दुई पेनाल्टी प्रहार जोगाएका न्यु युथ युनियनका गोलरक्षक गोविन आले खेलको म्यान अफ दि म्याच घोषित भए ।


प्रतियोगिता अन्तर्गत कार्तिक २८ गते शुक्रबारको प्रिक्वाटरफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र देवदह ब्वाईज, देवदहबीच हुने प्रचार प्रसार संयोजक रवी अर्यालले जानकारी दिए ।समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौली, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,१५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने मंसिर ६ गतेका दिन हुनेछ ।


कमेन्ट गर्नुहोस्