लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘जारी २’ले २ करोड प्लस ग्रस कललेक्शन गर्दा ‘मन बिनाको धन’ले कति कमायो ?

IMG

बुटवल । गत शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आएका ‘जारी २’ र ‘मन बिनाको धन’ दुवै फिल्मले उत्साहजनक ओपनिङ गरेका छन्।शुक्रबारका दुई फिल्ममध्ये ‘जारी २’ ले देशभर सबैभन्दा धेरै शो पाएको थियो। पहिलो दिन लगभग ७० प्रतिशत अकुपेन्सी प्राप्त गरेको फिल्मले शनिबार भने लगभग हाउसफुल प्रदर्शन गरेको छ। निर्माण टिमका अनुसार, शनिबार मात्रै फिल्मले १ करोड २१ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।


दुई दिनको प्रदर्शनमा फिल्मले २ करोड ७० लाख रुपैयाँ ग्रस कललेक्शन गरेको दाबी गरेको छ।‘मन बिनाको धन’ले पहिलो दिन सीमित शो पाए पनि ५० प्रतिशत हाराहारी अकुपेन्सी हासिल गरेको थियो। शनिबार भने यसको प्रदर्शनमा ७०–७५ प्रतिशतसम्म दर्शक उपस्थित भएका छन्।धेरै हलमा दर्शकको उपस्थितिले फिल्मको व्यापार पनि सुखद रहेको अनुमान गरिएको छ, यद्यपि आधिकारिक व्यापार विवरण सार्वजनिक गरिएको छैन।


‘जारी २’, २०८० सालमा रिलिज भएको सुपरहिट फिल्म ‘जारी’ को सिक्वेल हो। लिम्बू संस्कृतिमाथि आधारित यस फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्मा, प्रेम सुब्बा, अनिल सुब्बा, रेखा लिम्बू लगायतको अभिनय छ। लेखक तथा निर्देशक उपेन्द्र सुब्बा हुन्।त्यस्तै, ‘मन बिनाको धन’ बालगायक अशोक दर्जीको वास्तविक जीवन कथामा आधारित छ। टंक बुढाथोकी निर्देशित यस फिल्ममा दर्जीको ‘जिरोदेखि हिरोसम्म’ को भावनात्मक यात्रा प्रस्तुत गरिएको छ।

कमेन्ट गर्नुहोस्