लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुपौलीमा चौथोे समपूर्ण कप फुटवल कार्तिक २५ गतेबाट शुरु हुदै

IMG

सुपौली। समपुर्ण युवा क्लब, तिलोत्तमा–१४ सुपौलीको आयोजनामा स्व. बुवा लाल बहादुर पुन तथा स्व छोरा राजकुमार पुनको स्मृतिमा चौथो समपुर्ण कप खुला फुटबल प्रतियोगिता हुदैछ । यही कार्तिक २५ गतेदेखि र्मसीर ६ गतेसम्म आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष अबिर पुन पाइजाले जानकारी दिनुभयो । 


शनिबार सुपौलीमा आयोजित पत्रकार सम्मेलनमा, बोल्दै उहाँले पहिलो, दोस्रो र तेस्रो संस्करण भन्दा फरक ढंगले आयोजना गरिएको प्रतियोगितालाई सफल बनाउन आफूहरुले सक्दो तयारी गरिरहेको बताउनुभयो ।सुपौली स्थित समपुर्ण क्लवको आफनै खेलमैदानमा हुने प्रतियोगितामा कुल १२ टोली आमनेसामने हुनेछन भने कार्तिक २५ गते हुने उद्घाटन खेलमा झरना स्पोर्ट्स क्लव कुन्जलापुर तथा नवयुवा खेलकुद तथा साँस्कृतिक क्लव बीच खेल हुने प्रचार प्रसार संयोजक तथा क्लबका सचिव रवि अर्यालले बताउनुभयो ।


प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु ३ लाख ३३ हजार ३ सय ३३ रुपैया हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदयीमान खेलाडीले नगद रु ८ हजार ५०० सय का दरले पाउनेछन् भने खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याचले नगद रु ३ हजार सहित ट्रफी पाउने क्लवका कोषाध्यक्ष विजय थापाले जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि तिलोत्तमा वडा नम्बर–१४ का वडा अध्यक्ष आश्विन पौडेलले खेल क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा समेत क्लबले महत्वपुर्ण योगदान पुर्याएको चर्चा गर्नुभएको थियो । वडाले प्रतियोगिता सफल पार्न सक्दो सहयोग गर्ने बताउदै वहाँले आगामी दिनमा सहयोगको दायरा थप वृद्धि गर्ने प्रतिबद्धता जनाउनुभयोे । 


सो अवसरमा प्रतियोगितामा मुख्य प्रायोजन गर्नुभएका हिराकुमारी पुन, नगर खेलकुद विकाश समिति संयोजक तथा जिल्ला फुटबल संघ रुपन्देहीका अध्यक्ष लोक पुन, नेशनल रेफ्री अमर पुन मगर, सिद्धार्थ इट्टा उद्यागका म्यानेजर अर्जुन ढकाल लगायतले बोल्नुभएको क्लवका संस्थापक अध्यक्ष अशोक पुनले जानकारी दिनुभयो । खेल हेर्नका लागि यसपटक पहिलो चरणका लागी रु ५० रुपैयाँ टिकट शुल्क तय गरिएको छ भने दोस्रो चरण, सेमीफाइनल र फाइनलका लागी रु १०० तय गरिएको छ । यसैगरि जेष्ठ नागरिक, बालबालिका, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क गरिएको खेल संयोजक ढक बहादुर पुनले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्