
मणिग्राम। रुपन्देहीको मणिग्राम देखि १ किलोमिटर तल सर्भिसलेन कफिकम्पानीमा रहेको तुलसी ईञ्जिनियरिङ्ग वर्क्समा गएराती चोरी भएको छ।तुलसीराम कुँवर क्षेत्रीको उक्त पसलबाट विभिन्न ग्रिलका ५ मेसिन सामाग्री, वेल्डिङ्ग मेसिन, फलाम, तामाको तार र कम्पनीका अन्य जिन्सी सामाग्री समेत गरि करिव २ लाख बराबरको चोरी भएको ईलाका प्रहरी कार्यालय मंगलापुरका इन्चार्ज प्रहरी निरिक्षक सुदिप बिसीले जानकारी दिनुभएको छ।चोरले उक्त पसलमा रहेका सबैजसो अत्यावश्यक मेसिनरी सामाग्री चोरी गरेको प्रहरीले बताएको छ।
राती चोरी भएपनि बिहान पसल खोल्न भन्दै जाँदा ६ बजे तिर सबै तालाचाबी तोडिएको र भत्किएको अवस्थामा देखेपछि मेसिनहरु हेर्दा केहि नभएपछि तुलसीरामले प्रहरीलाई खबर गर्नुभएको थियो।स्थानिय कामदारहरु समेत पसलका सबै सामाग्री चोरी भएपछी अहिले काम ठप्पभएर खालि बसेका छन् भने तुलसी ईञ्जिनियरिङ्ग वर्क्सका प्रोप्राइटर तुलसीराम कुँवर क्षेत्रीले घटनाको भत्सर्ना गर्दै दु:ख ब्यक्त गरेका छन्।
चोरले सोमबार बिहान करिव २ बजेतिर चोरी गरेको प्रहरीले अनुमानित जानकारी दिएको छ। घटना स्थलमा गएर मुचुल्का गरेको प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिएको र आफुहरु चोरीको घटना बढेपछि थप सक्रियता र गस्ती बढाइएको ईप्रका मंगलापुर प्रमुख बिसीले बताउनुभयो।मणिग्राम बजारक्षेत्रमा अहिले पछिल्लो समय पसल चोरी हुनुले तिलोत्तमाको बजार तथा गाउँघरको सुरक्षाको स्थिति उजागार भएको छ, भने अहिले नयामिल, शंकरनगर, ड्राइभरटोल, मंगलापुर र भलवारी र कोटीहवा क्षेत्रमा समेत चोरीको घटना बढ्दै गएको छ।
कमेन्ट गर्नुहोस्