लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मिलिजुली क्लब, शंकरनगरको २२औं स्थापना दिवस, २०औं साधारणसभा तथा छैटौं अधिवेशन सम्पन्न

IMG

तिलोत्तमा (रुपन्देही)। सामाजिक, सांस्कृतिक र सामुदायिक गतिविधिहरूमा सक्रिय मिलिजुली क्लब, शंकरनगरले आफ्नो २२औं स्थापना दिवस, २०औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनको अवसरमा एक विशेष समारोहको आयोजना गरेको छ। उक्त कार्यक्रम क्लबका अध्यक्ष ईश्वर पाण्डेयको अध्यक्षतामा शनिबार सम्पन्न भएको हो।


कार्यक्रमका प्रमुख अतिथि समाजसेवी होमनारायण न्यौपाने रहेका थिए। कार्यक्रममा निर्वाचन समितिका संयोजक खिमलाल पाण्डे, सदस्यहरू इन्द्र प्रसाद भट्टराई (विष्णु), जीवन गौतम, तामानाथ पाण्डेय, विष्णु प्रसाद पाण्डेय लगायत क्लबका पदाधिकारी, सदस्यहरू, पूर्व पदाधिकारी, स्थानीय समाजसेवी तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।राष्ट्रिय गानबाट औपचारिक रूपमा प्रारम्भ गरिएको कार्यक्रममा महासचिव दीपक भट्टराईले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सुनिल पाण्डेयले प्रस्तुत गरेका थिए। क्लबका वार्षिक गतिविधि तथा प्रगतिपत्र अध्यक्ष ईश्वर पाण्डेयले प्रस्तुत गर्दै क्लबले विगत वर्षमा सम्पन्न गरेका सामाजिक, खेलकुद, वातावरणीय तथा शैक्षिक गतिविधिहरूको विस्तृत विवरण प्रस्तुत गरे। आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्ण खनालले पेश गरेका थिए।


कार्यक्रममा प्रमुख अतिथि समाजसेवी होमनारायण न्यौपाने, क्लबका पूर्व सचिव तामानाथ पाण्डेय, जनप्रतिनिधि विष्णु प्रसाद पाण्डेय, र निर्वाचन समितिका सदस्यद्वय जीवन गौतम तथा इन्द्र प्रसाद भट्टराई (विष्णु) लगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए। वक्ताहरूले क्लबले स्थानीय स्तरमा गरेको सामाजिक सेवा, युवा सशक्तिकरण, स्वास्थ्य सचेतना र सामुदायिक एकताका कार्यहरूको प्रशंसा गर्दै भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढ्न सुझाव समर्थन व्यक्त गरे।अधिवेशनका क्रममा खिमलाल पाण्डेको संयोजकत्वमा गठन गरिएको निर्वाचन समितिले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको थियो। सर्वसम्मत निर्णयअनुसार पुनः ईश्वर पाण्डेय अध्यक्षमा निर्वाचित भएका छन्।


नयाँ ११ सदस्यीय कार्यसमिति यस प्रकार रहेको छः

अध्यक्ष: ईश्वर पाण्डेय

वरिष्ठ उपाध्यक्ष: सुनिल पाण्डेय

उपाध्यक्ष: बालाकृष्ण भण्डारी

महासचिव: दीपक भट्टराई

कोषाध्यक्ष: राम प्रसाद भण्डारी (DJ)

सचिव: इ. प्रविन गौतम

सदस्यहरू: खिमलाल भण्डारी (गोपाल), विशाल पाण्डे, गंगा पाण्डेय, खिमा भुषाल पाण्डे, इ. अनुराग गुरुङ

त्यस्तै, लेखा समितिमा निम्न पदाधिकारीहरू चयन भएका छन् 

संयोजक: टिकाराम भण्डारी

सदस्यहरू: अच्युत भण्डारी, कमला कुमारी भण्डारी गौतम


नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक खिमलाल पाण्डे, जनप्रतिनिधि विष्णु प्रसाद पाण्डेय, तथा उपस्थित अन्य अतिथिहरूले बधाई र शुभकामना व्यक्त गर्दै क्लबलाई सामाजिक उत्तरदायित्वका क्षेत्रमा अझ सशक्त रूपमा क्रियाशील रहन प्रेरित गरे।समापन सत्रमा नवनिर्वाचित अध्यक्ष ईश्वर पाण्डेयले क्लबलाई अझ संगठित, पारदर्शी र परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले क्लबले युवा सहभागिता बढाउने, सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्ने र सामाजिक समस्या समाधानमा अग्रणी भूमिका निर्वाह गर्ने योजनाबारे जानकारी दिए।कार्यक्रमको अन्त्यमा सहभागीहरूबीच आपसी शुभकामना आदान–प्रदानसँगै समूह तस्बिर खिची कार्यक्रम औपचारिक रूपमा सम्पन्न गरिएको थियो।

कमेन्ट गर्नुहोस्