लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निकोलसले गाँजा सेवन गरेको मेडिकल रिपोर्ट, सुधार केन्द्र पठाएपछि घर गए

IMG

काठमाडौं । माइतीघरमा प्रदर्शन गर्ने क्रममा बिहीबार दिउँसो पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ।प्रहरीले पक्राउपछि गर्ने मेडिकल रिपोर्टमा उनले लागूऔषध (गाँजा) सेवन गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।


‘उहाँको एक वर्ष अघि पक्राउ पर्दा पनि यही रिपोर्ट आएको थियो । आज पनि त्यही आयो,’ उनले भने, ‘हामीले सुधार केन्द्र पठाएका छौं।’ निकोलसलाई उनका दाजुको जिम्मा लगाएर सुधार केन्द्र पठाइएको एसपी भट्टराईले बताए ।तर निकोलस सुधार केन्द्र नगई आफ्नो परिवारको समपर्कमा घर गएको तथ्य खुलेको छ।उनीसहित प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो।

कमेन्ट गर्नुहोस्