
सगरहवा। रुपन्देहीको तिलोत्तमा नगरपालिका १० सगरहवामा विजया दशमीको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम तथा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु भएको छ। पहिचान झल्किने झाँकी तथा बृहत नृत्य कार्यक्रम हिजो सम्पन्न भएको हो। नेपाल र छिमेकी देश भारतका गरी २० जना लडाकुहरुले सहभागिता जनाएको उक्त प्रतियोगिता आज सम्पन्न हुनेछ।
हिजो देखि शुरु भएको उक्त प्रतियोगिता अवलोकन गर्न आउनेहरुको बाक्लो सहभागिता रहेको छ। परापूर्वकाल देखि सांस्कृतिक आदान प्रदान गर्ने प्रतियोगिताकोल रुपमा सञ्चालन हुदै आइरहेको कुश्ती प्रतियोगिताले परमपरालाई निरन्तरता दिदै आइरहेको छ। स्थानीय परमपरालाई संरक्षण र सम्बद्र्धन गर्ने र युवाहरुलाई असल र सभ्य समाज निर्माणमा आपसी सहकार्य र समन्वय गर्ने गराउने भावनाको बिकास गर्न यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
समाजमा सदभाव कायम राख्न र कुश्ती प्रतियोगितालाई जनस्तरसम्म पुर्याउने उद्धेश्यका साथ सञ्चालन गरिएको उक्त प्रतियोगिताका विजेताले नगद ७५ हजार रुपैया सहित मेडल प्राप्त गर्ने मेला संयोजक चन्दन थारुले जानकारी दिनु भएको छ। यस्तै प्रतियोगिताका उपविजेताले नगद ५० हजार रुपैया सहित मेडल प्राप्त गर्ने छन।संगम युवा समूह तिलोत्तमा १६ रुपन्देही तथा सग्रहवा गाउँ समाजको संंयुक्त आयोजनामा भएको प्रतियोगिताको शुभारम्भ वडा नं. १० का वडा अध्यक्ष गोपाल प्रसाद घिमिरेले गर्नु भएको हो। प्रतियोगिता अवलोकनका लागि वडा नं. १७ का वडा अध्यक्ष दान बहादुर चौधरी, वडा नं. १० का निवर्तमान वडा अध्यक्ष व्यासमुन चौधरी लगायत स्थानीय अगुवा तथा संघ संस्थाका प्रतिनीधिहरु सहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।संगम युवा समूहका अध्क्ष कनै थारुको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी राज चौधरी र निलम चौधरीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।
कमेन्ट गर्नुहोस्