लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कपिलबस्तु एघार ३७ औं झरना रनिङ शिल्ड फुटवल प्रतियोगिताको फाइनलमा

IMG

कुञ्जलापुर। जनज्योति क्लव डिगरनगरलाई १ का विरुद्ध २ गोलले हराउदै कपिलबस्तु एघार ३७ औं झरना रनिङ शिल्ड फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार तिलोत्तमा ६ कुन्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा भएको अन्तिम सेमीफाइनल खेलमा जनज्योति डिगरनगरलाई स्तब्ध पार्दै कपिलबस्तु ११ ले फाइनल यात्रा तय गरेको हो । कपिलबस्तुको जीतमा अरुण चौधरी तथा प्रेम थापाले एक एक गोल गरे भने जनज्योतिका लागी एक मात्र सान्त्वना गोल अभि लामाले गरेका थिए । शनिबारको खेलमा कपिलबस्तु ११ को तर्फबाट उत्कृष्ट प्रर्दशन गरेका अरुण चौधरी म्यान अफ दी म्याच घोषित भए । अब आश्विन १३ गते सोमबारको फाइनल खेलमा अब योँग स्टार मडाहा र कपिलबस्तु ११ भिड्नेछन ।


स्व.युवा खेलाडी अंकित पुनको स्मृतिमा आयोजना गरिएको ३७ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता असोज १ गतेबाट शुरु भएको हो । असोज १३ गतेसम्म चल्ने प्रतियोगितामा कुल १२ टोलीले सहभागिता जनाएका छन । प्रतियोगिताको विजेताले ३ लाख ४१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिनुभयो । यसैगरि दोस्रो हुनेले १ लाख ८६ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने पौडेलले बताउनुभयो । 


प्रतियोगिताको सेमीफाइनल खेल्ने दुवै टिमलाई ३० हजार प्रदान गरिने छ । त्यस्तै, विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट स्ट्राइकर, बेष्ट गोलकिपर तथा बेष्ट कोचले क्रमश १०÷१० हजार पाउने खेल संयोजक विजय पुनले जनाउनुभयो । खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याचले नगदसहित ट्रफी पाउने ब्यवस्था गरिएको प्रतियोगितामा खेल हेर्न १०० रुपैयाँ टिकट शुल्क तय गरिएको छ भने सेमीफाइनल र फाइनलका लागी रु २०० तय गरिएको क्लवका सचिव मोहनसिह रानाले जानकारी दिनुभयो । यसैगरि बृद्ध बृद्धा, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क गरिएको छ ।


कमेन्ट गर्नुहोस्