
कुञ्जलापुर। तिलोत्तमाको कुन्जलापुरमा जारी यस क्षेत्रकै रोमाञ्चक खेलको महासंग्राम ३७ औं झरना रनिङ शिल्ड फुटवल प्रतियोगिताको पहिलो सेमीफ़ाइनलमा योङ्ग स्टार मडाहाले नवलपरासी ११ लाई पाखा लगाएको छ। पहिलो हाफ बाटै इकाई रोमाञ्चक बनेको खेलमा बराबरीमा जुदिरहेको खेलमा योङ्ग स्टारका कप्तान देव गुरुङ्ग्को गोल निर्णायक गोल बन्यो। योङ्ग स्टारले आफ़ो रक्षा गर्दै नवलपरासी ११ लाई २ का बिरुद्ध ३ गोलले पराजित गर्दै ३७ औं झरना रनिङ शिल्ड फुटवल प्रतियोगिताको आगामी खुड्किलोमा प्रवेश गरेको हो ।
योङ्ग स्टारको तर्फबाट पहिलो हाफको ६ मिनटमा जर्सी नम्बर ९ का अनिल रानाले गोल गरेका थिए। निकै रोमाञ्चक बनेको खेलमा नवलपरासी ११ को तर्फबाट खेलको २१ मिनटमा जर्सी नम्बर १५ का पुर्ण बहादुर गुरुङले एक गोल गरे। त्यस्तै खेलको दोस्रो हाफमा नवलपरासी का तर्फबाट जर्सी नम्बर ७ का मानिस थारुले गोल थपेर अग्रता दिलाए। त्यस्तै योङ्ग स्टार मडाहाका अनिल रानाले गरेको क्रसलाई साबि लुङ्गेलीमार्फत जर्सी मबर१३ का सुवास परियारले छोएपछि आत्मघाती गोल भएको थियो। २/२ को बराबरीमा निकै प्रतिश्प्रधात्मक बनेको खेलमा योङ्ग स्टारका जर्सी नम्बर १५ का टिम कप्तान देब गुरुङले थप १ गोल गरि आफ्नो टिमलाई ३-२ को अग्रता दिलाए।खेलमा म्यान अफ द म्याच योङ्ग स्टारका टिम कप्तान जर्सी नम्बर १५ का देव गुरुङ भएका थिए।
स्व.युवा खेलाडी अंकित पुनको स्मृतिमा आयोजना गरिएको ३७ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता असोज १ गतेबाट शुरु भएको हो । असोज १३ गतेसम्म चल्ने प्रतियोगितामा कुल १२ टोलीले सहभागिता जनाएका हुन् । प्रतियोगिताको विजेताले ३ लाख ४१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिनुभयो । यसैगरि दोस्रो हुनेले १ लाख ८६ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने पौडेलले बताउनुभयो ।
प्रतियोगिताको सेमीफाइनल खेल्ने दुवै टिमलाई ३० हजार प्रदान गरिने छ । त्यस्तै, विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट स्ट्राइकर, बेष्ट गोलकिपर तथा बेष्ट कोचले क्रमश १०/१० हजार पाउने खेल संयोजक विजय पुनले जनाउनुभयो । खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याचले नगदसहित ट्रफी पाउने ब्यवस्था गरिएको प्रतियोगितामा खेल हेर्न १०० रुपैयाँ टिकट शुल्क तय गरिएको छ भने सेमीफाइनल र फाइनलका लागी रु २०० तय गरिएको क्लवका सचिव मोहनसिह रानाले जानकारी दिनुभयो । यसैगरि बृद्ध बृद्धा, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क गरिएको छ ।
कमेन्ट गर्नुहोस्