
कोटिहवा। २३औँ लिस्नु कप ‘०८२ अन्तर्गत भएको रोमाञ्चक खेलमा फर्साटिकर युवा क्लब, फर्साटिकरले शानदार जित हासिल गरेका छन्। भैरहवा अञ्चलपुर (AYC), भैरहवा र फर्साटिकर युवा क्लबबीच भएको खेलमा फर्साटिकरले ६–४ को अन्तरले अञ्चलपुरलाई पराजित गर्न सफल भयो।खेलको सुरुवाती चरणमै अञ्चलपुरले आक्रामक रणनीति अपनाउँदै लगातार ४ गोल गर्दै खेललाई आफ्नो पक्षमा तानेको थियो। तर, हार मान्न तयार नभएका फर्साटिकरका खेलाडीहरुले अदम्य साहस र दृढता देखाउँदै खेललाई उल्ट्याए र लगातार ६ गोल गर्दै विजय आफ्नाे पक्षमा मोडे। यस शानदार प्रदर्शनसँगै फर्साटिकर युवा क्लब, फर्साटिकरले नाटकीय रूपमा २३औँ लिस्नु कप ‘०८२ मा गौरवमय विजय हासिल गरेको छ।
कमेन्ट गर्नुहोस्