लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनउत्थान साकोसको १० वटै केन्द्रमा एकैपटक बीसौँ साधारणसभा सम्पन्न

IMG

शारदा शाही, मंगलापुर। जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बीसौँ साधारण सभा १० वटै सेवा केन्द्रमा सम्पन्न भएको छ। जनउत्थान साकोसको १० वटा सेवा केन्द्र रहेका छन र १० वटा सेवा केन्द्रमा एकै दिन एकैपटक साधारण सभा सम्पन्न भएको अध्यक्ष गिरि प्रसाद पुनले जानकारी दिनुभयो। अशोज ४ गते बिहान ११ बजे सबै सेवाकेन्द्रमा एकैपटक शुरु भएको साधारण सभामा आ आफ्नो स्थान अनुसारका सेवा केन्द्रसंग सम्बन्धित सदस्यहरुको उपस्थिति रहेको थियो। 


 २०५९ साल असोज २६ गतेको अनौपचारिक छलफलबाट २०५९ साल कार्तिक १५ गते ३१ सदस्यबाट एक–एक सय रुपैयाँ संकलन गरेर सुरु भएको यो सहकारीको अहिले करिब ४० हजार सदस्य रहेका छन् भने १० सेवा केन्द्र र ८ संकलन केन्द्र रहेको प्रबन्ध निर्देशक रन बहादुर थापाले बताउनुभयो। सदस्यहरुको बचत रकम फरक भएपनि सबैको शेयर रकम एउटै रहेको उहाँले बताउनुभयो।


जनउत्थान साकोस यस क्षेत्रकै उत्कृस्ट र अन्तराष्ट्रिय ख्यातिप्राप्त एक्सेस ब्राण्ड घोषित सहकारी हो। साधारण सभामा नयाँ सदस्यहरुको लागि प्रवेश खुल्ला गरिनुको साथै सबै सेवा केन्द्रमा आफ्ना ८१ जना सदस्यहरूलाई गोलाप्रथाद्वारा इन्डक्सन चुलो पनि वितरण गरिएको थियो। साधारण सभा सम्पन्न गर्न सहयोग गर्नुहुने स्वयंसेवकहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो।


कार्यक्रममा सेवा केन्द्रमा उपस्थित विभिन्न वक्ताहरूले शुभकामना दिँदै अहिलेको समयमा कतिपय सहकारीहरूले सदस्यहरुको रकम लिएर फरार रहेका छन् तर जनउत्थानले यसरी प्रगति गर्नु आफैँमा एउटा उदाहरणीय काम रहेको बताउनुभयो। उहाँहरुले जनउत्थान साकोसको हरेक कामहरू पारदर्शि भएकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै अब्बल रहन सफल रहेको पनि बताउनुभयो।

कमेन्ट गर्नुहोस्