लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जेनजी आन्दोलनको असर : ‘जारी २’को प्रदर्शन रोकियो, दशैं रिलिज के होला ?

IMG

बुटवल। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितीका कारण नेपाली फिल्महरूको प्रदर्शन एकपछि अर्को स्थगित भएका छन्।संविधान दिवसको अवसरमा ३ असोजमा प्रदर्शन हुने तय गरिएको फिल्म 'जारी २' को प्रदर्शन रोकिएको छ।फिल्म निर्देशक रामबाबु गुरुङले मुलुकको जनजीवन पुनः लयमा फर्किएपछि नयाँ प्रदर्शन मिति घोषणा हुने बताए।जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितीको कारण फिल्मको रिलिज एकपछि अर्को गरि स्थगित हुन थालेका छन् ।


गतसाता ‘अभिमन्यु’को प्रदर्शन स्थगित भैसकेको छ ।संविधान दिवसको अवसरमा ३ असोजमा प्रदर्शन तयारीमा रहेको प्रतीक्षित नेपाली फिल्म ‘जारी २’को प्रदर्शन रोकिएको छ ।फिल्मका निर्माता रामबाबु गुरुङले मुलुकको वर्तमान स्थितीलाई ध्यानमा राखेर पूर्वनिर्धारित मितिमा फिल्म प्रदर्शन नहुने बताए ।‘मुलुकको जनजीवन पुनः लयमा फर्किन थालेको खण्डमा नयाँ मिति घोषणा हुने नै छ’ गुरुङले भने ।विकसित घटनाक्रमले दशैंको फूलपातिमा रिलिज हुन लागेका फिल्मको प्रदर्शन पनि प्रभावित हुनसक्ने देखिएको छ । जेनजी आन्दोलनपछि मुलुकको समग्र मुड र प्रचारप्रसार रिलिज हुँदा ती फिल्मलाई पनि असर पर्न सक्ने देखिन्छ ।मनोरञ्जन क्षेत्र कति चाँडो लयमा फर्किनेछ भन्ने कुरा राजनीतिक परिस्थिती कसरी अघि बढ्छ भन्ने कुरामा निर्भर हुने फिल्म निर्देशक मनोज पण्डितले बताए ।

कमेन्ट गर्नुहोस्